Tuesday, July 24, 2012

पानी परेको, जनता 'कन्फ्युज' भएकोले आन्दोलन नभएको : एमाले नेता वामदेव

वामदेव गौतमले जनता 'कन्फ्युज' भएको र पानी पर्ने मौसम भएका कारण सरकारविरोधी आन्दोलनले गति लिन नसकेको बताएका छन्। 'अब छिट्टै सशक्त आन्दोलन गर्छौँ,' उनले भने।
एमाले मुख्यालय बल्खुमा भएको कङ्ग्रेसका शीर्ष नेतासँग भएको वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले सरकारको स्थितिबारे जनता कन्फ्युजमा परेको बताए। 'अहिले वर्षाको मौसम पनि छ, त्यही भएर आन्दोलनले गति लिन नसकेको हो', उनले भने।
संविधान सभा भंग भएपछि जेठ २६ गते कङ्ग्रेस- एमालेसहित विपक्षी गठबन्धनले राजधानीको खुल्लामञ्चमा आमसभा गरे पनि त्यसपछि आन्दोलनका कुनै गतिविधि गर्न सकेका छैनन्।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनहरु संशोधन गर्न दिएको समय साउन ७ पछि राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान गर्नुपर्ने विपक्षी नेताहरुले बताउँदै आएका थिए।
म्याद सकिएको दुई दिनपछि बसेको प्रमुख दुई विपक्षी दलको बैठकपछि गौतमले भने, 'हामीले राष्ट्रपतिलाई उक्साउन खोजेको हैन। राष्ट्रपतिलाई संवैधानिक दायरा थाहा छ, उहाँले जे गर्नुहुन्छ, संविधान अनुसारै गर्नुहुन्छ।'
बैठकमा सहभागी कङ्ग्रेस नेता रामचन्द्र पौडेललाई सञ्चारकर्मीहरुले कङ्ग्रेसले प्रधानमन्त्रीको नाम कहिले दिन्छ भनी सोध्दा उनले भने- ' छोरो जन्मनु कहिले कहिले कन्दनी बाँध्ने अहिले ?'
गौतमले पनि बाबुराम भट्टराईले राजीनामा दिएर नयाँ सरकार बन्ने परिस्थिति उत्पन्न भएपछि तुरुन्त नाम आउने बताए।
यसअघि एमाले नेता केपी ओलीले राजधानीमा आयोजित पत्रकार भेटघाटमा कङ्ग्रेसले तुरुन्त प्रधानमन्त्रीको नाम दिनुपर्ने अन्यथा अन्य पार्टीलाई छाड्नु पर्ने बताएका थिए। आजको बैठकमा भने केपी ओली उपस्थित थिएनन्।
सम्बन्धित समाचार

No comments:

Post a Comment