Saturday, July 14, 2012

बसले किच्दा मर्निङवाकमा हिँडेका कर्मचारीको मृत्यु

मधुसुधन गुरागाईं, बनेपा, असार ३०- बनेपाबाट नेपालथोक चल्ने हिमाल तराई यातायातको बसले आज बिहान मर्निङवाकमा हिँडिरहेका दुईजनालाई किच्दा एकको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा झापा घर भई हाल जिल्ला शिक्षा कार्यालयमा स्रोत व्यक्ति पदमा कार्यरत डेगराज भट्टराई रहेका छन्।
उनीसँगै हिँडिरहेका अर्का स्रोत व्यक्ति नवराज तिमल्सिना गम्भीर घाइते भएका छन्। तिमल्सिनाको बाँसबारीस्थित न्यूरो एण्ड एलाइड अस्पतालमा उपचार हुँदै रहेको छ।
बस चालकले लापरवाही तरिकाले बाटोमा हिँडिरहेका बटुवालाई किचेर मारेको भन्दै आक्रोशित स्थानीयले ना२ख ५८९२ नम्बरको सो बसलाई जलाइदिएका छन्।
आगो नियन्त्रणमा लिन प्रहरीले बनेपा नगरपालिकाको ढल सफा गर्ने मिनिट्रक तोडफोड गर्न थालेपछि आक्रोशित स्थानीयलाई तितरबितर पार्न ८ सेल अस्रुग्यास प्रहार गरेको थियो।
यतिखेर अरनिको राजमार्गको बनेपा, बुडोल क्षेत्र हुँदै गुड्ने गाडीहरु चलेका छैनन्। आक्रोशित स्थानीयले लाश उठाउन दिएका छैनन्।

No comments:

Post a Comment