दिलबहादुर छत्याल, धनगढी, असार ३०- कैलालीको अत्तरियामा सेवा नर्सिङ अस्पताल नजिक आज बिहान बम बिष्फोट भएको छ। बम बिष्फोटवाट क्षती भने भएको छैन। सोही ठाउँमा राखिएको अर्को बम भने नेपाली सेनाको डिष्पोजल टोलीले निष्क्रिय पारेको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक घनश्याम अर्यालका अनुसार बिहान ६ बजेतिर अत्तरियाको महेन्द्रनगर रोडमा सेवा नर्सिङ अस्पताल नजिक सकेट बम विष्फोट भएको थियो। सोही स्थानमा अर्को बम पनि फेला परेको थियो। नेपाली सेनाको डिष्पोजल टोलीले साढे ८ बजेतिर निष्क्रिय पारेको उनले बताए।
बम बिष्फोट गराउनेको खोजी भइराखेको उनले बताए।
गएराति अत्तरियामा रहेको एनसीसी बैंक लुट्न ३/४ जना युवा आएका थिए। प्रहरीको टोली गएपछि बैंकको छतमा गएका ३/४ युवा भागेको प्रहरी उपरिक्षक अर्यालले बताए। बैकं लुट्न आएका ती युवाले बम राखेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
No comments:
Post a Comment