Wednesday, July 25, 2012

इपिएसमार्फत कोरिया गएका एक नेपालीद्वाराझुण्डिएर आत्महत्या

खेम कार्की, दक्षिण कोरिया, साउन १० - इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आएका प्युठानका ओम प्रसाद शेरचनले झुण्डिएर आत्महत्या गरेका छन । दक्षिण कोरियाको छनानमा कार्यरत २३ वर्षीय शेरचनले आफू बसेको तेश्रो तल्लामा मंगलबार झुण्डिएर आत्महत्या गरेको हुन्।
उनको मृत्युको नेपाली दुतावास दक्षिण कोरियाले पुष्टी गरेको छ । उनको पुलिस रिपार्टमा झुण्डिएर आत्महत्या गरेको आएकोले नेपालको परराष्ट्रलगायत सम्बन्धित निकायमा जानकारी पठाइसकिएको छ । हालसम्म उनका आफन्तहरु सम्पर्कमा आइनसकेको र आफन्तको दावीको आधारमा बाँकी प्रकृया चालिने दुतावासले जनाएको छ ।

No comments:

Post a Comment