Monday, July 16, 2012

कृष्णभीरबाट त्रिशुली नदीमा यात्रुबाहक बस खस्यो

१ साउन, काठमाण्डौं । उदयपुरको कटारीवाट काठमाण्डौ आउँदै गरेको बस धादिङको धुषा गाविस वडा नम्बर एक स्थित कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकबालक, एक महिला र चार जना पुरुष भएपनि उनीहरुको परिचय खुल्न बाँकी रहेको छ ।
दुर्घटनास्थलमा स्थानियबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार कार्य जारी रहेको छ । दुर्घटनामा परेको वस त्रिशुली नदीमा किनारमा रहेको र बसले च्यापिएको अवस्थामा धेरै जना रहेकाले धेरैलाई जिवितै उद्धार गर्न सकिने अवस्था रहेकाले आंफुहरु उद्धारमा रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षकविनोद घिमिरेले जानकारी दिनुभयो ।
दुर्घटना स्थलबाट २२ जनाको उद्धार गरिएको र उनीहरुको गजुरी र मलेखुको अस्पताल सामान्य उपचारका लागि थप उपचार गर्न काठमाण्र्डौ ल्याइदै छ । ना २ ख ४९५१ नम्बरको बस आज विहान ४ पजे तिर सडकवाट २ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । अविरल बर्षाका कारण उक्त बस चिप्लिएर दुर्घटना भएको बताईएको छ ।
नदीमा पानीको बहाव बढी रहेकाले उद्धार कार्यमा कठिनाई भइरहेकेा प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment