Sunday, July 15, 2012

नवलपरासीमा बस दुर्घटना, मर्नेको संख्या ३८ पुग्यो

)
सन्तोष पोखरेल/शेरबहादुर केसी, बुटवल, असार ३१- नवलपरासीको झुलनीपुरदेखि त्रिवेणीको तीर्थयात्रामा हिँडेको बस रानीनगरस्थित गण्डक नहरमा खसेको छ। दुर्घटनामा अहिलेसम्म ३८ जनाको ज्यान गइसकेको छ। ५० जनाको जिवितै उदार गरिएको छ भने केही पौडिएर बाँच्न सफल भएका छन्। मृत्यु हुनेमा अधिकांश भारतीय छन्।
तिनीहरुमध्ये केही गभ्मीर छन्। बाँकी हराइरहेकाको खोजीकार्य तीब्र पारिएको छ।
घट्नास्थलमा रहेका एक प्रहरीका अनुसार मर्नेमा १० जना महिला, २४ जना पुरुष र एक नाबालक छन्। बाँकी ३ को सनाखत हुन सकेको छैन। उनका अनुसार मृतकको संख्या अझै बढ्नसक्छ।लु१ख २३५६ नम्बरको उक्त बसमा कम्तिमा १ सय ६० जना जना यात्रु सवार थिए।
ओभरलोड भएकै कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।
बस चालक भने नेपाली हुन्। उनी फरार छन्।

No comments:

Post a Comment