Sunday, June 10, 2012

१०३ जनाले बेचे मृगौला

काभ्रे, जेष्ठ २८ - होक्से गाविस र वरपर क्षेत्रका १०३ जनाले आफ्नो मृगौला बेचिसकेका छन् । आर्थिक प्रलोभनमा परेर गाउँका सीधासोझाले मृगौला बेचेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले बताए । मृगौला तस्करहरूको बिगबिगी बढेपछि त्यसलाई रोक्न स्वास्थ्य मन्त्रालयको सहयोगमा जिल्ला जनस्वास्थ्यले प्रभावित क्षेत्रमा विशेष अभियान सञ्चालन गर्न लागेको छ ।
अभियान सञ्चालन गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका कर्मचारी कुञ्ज जोशी, दामोदर खत्रीसहित जिल्ला जनस्वास्थ्य प्रमुख डा. अर्जुनप्रसाद सापकोटा, सूचनातथा सञ्चार केन्द्रका सुरथ बहादुर हरिशरणसहितको टोली होक्से पुगेर स्थानीय बासिन्दासँग अभियान सञ्चालनबारे छलफल गरेको छ ।
'मृगौलाका बारेमा थाहा नभएर धेरैले बेचेको देखियो,' जिल्ला जनस्वास्थ्य प्रमुख सापकोटाले भने, 'आर्थिक प्रलोभनमा परी आगामी दिनमा मृगौला नबेचुन् भन्न्ो उद्देश्यले अभियान सञ्चालन गर्न लागेका हौँ ।' अभियान दुईरूपमा सञ्चालन हुने उनले बताए । उनका अनुसार प्रभावित क्षेत्रमा मृगौलाबारेमा सचेतना कार्यक्रम गरिने छ भने बेचेकाको स्वास्थ्यमा समस्या देखिए तिनको उपचार व्यवस्थासमेत गरिने छ । मृगौला रोगीलाई ५० हजार सम्मको उपचार राज्यले निःशुल्क गरिदिने पनि उनले बताए ।
जिल्लाको पाँचखाल, ज्याम्दी, होक्से, बालुवालगायतका गाविसमा मृगौला तस्करी भइरहेको छ । त्यसमध्ये होक्सेको १, २ र ३ मा अत्यधिक मात्रामा स्थानीय बासिन्दाले मृगौला बेचेका छन् । त्यही भएर होक्सेलाई 'बैंक अफ किड्नी' पनि भनिन्छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म १ सय ३ जनाले दलालको लहलहैमा लागेर मृगौला बेचिसकेको अभियानकर्ता बद्री ढुंगानाले बताए । त्यहाँ एउटै परिवारका सात जनासम्मले एउटा मृगौला बेचेको पाइएको छ ।
'मृगौला तस्करीलाई नियन्त्रणगरिएन भने भोलिका दिनमा विकराल समस्या ल्याउँछ,' होक्सेका गाविस सचिव उत्तमप्रसाद लामिछानेले भने,'जनचेतना नै त्यो रोक्न उत्तम विकल्प हो ।'
मृगौलाबारेमा राम्रोसँग थाहा नभएर आफूले दलालको लहलहैमा लागेर बेचेको पीडित कृष्ण परियारले सुनाए । 'मृगौलाबारेमा थाहा भएको भए धेरैले बेच्ने थिएनन्,' उनले भने, 'दलालले आर्थिक प्रभोलन देखाउँछ, अनि एउटा मृगौला झिक्दा केही हुँदैन भन्छन् । त्यही आधारमा मृगौला बेच्छांै ।' अधिकांशको देब्रेपट्टकिो मृगौला भिकिएको छ । 'मृगौला झिकेको ६ महिनासम्म केही भएन,' उनले भने, 'त्यसपछि समस्यै समस्या आयो । भारी बोक्न सकिएन । मृगौला झिकेको ठाउँ भतभत पोल्छ । कहिलेकाहीँ दिसा र पिसाब फेर्न गाह्रो हुन्छ ।' दलालले सुरुमा डेढ लाखदेखि दुई लाख दिने कबोल गरे पनि मृगौला झिकेपछि पीडितले १ लाखमात्र पाउने गरेको उनले सुनाए ।
मृगौला तस्करी बढ्दै गएपछि स्थानीय बासिन्दा र पीडितले दलाललाई कारबाहीको माग गर्दैप्रशासन कार्यालयमा उजुरी दिए पनि प्रहरी हालसम्म उजुरीमा उल्लेख गरिएको दलाल वेदबहादुर बुढाथोकी र होक्सेशिखरपुरका प्रेम बजगाइर्ंलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी प्रमुख सरेन्द्रप्रसाद मैनाली दलालको खोजीमा प्रहरीखटिसकेको बताए । 'दलालको खोजीमा हामी जुटिरहेका छौं' उनले भने ।
प्रकाशित मिति: २०६९ जेष्ठ २८

No comments:

Post a Comment