Monday, June 11, 2012

» डुबेर एकैदिन तीन बालबालिकाको मृत्यु

इलाममा एकैदिन तीन स्थानमा माछापोखरी र ड्रममा डुबेर तीनजनाको मृत्यु भएको छ ।
घरमा कोही नभएको अवस्थामा सोयाक–७ निवासी नरेन्द्र पौडेलकी दुई महिनाकी छोरी हेमाको आँगनमा राखिएको ड्रममा शङ्कास्पदरुपमा डुबेर मृत्यु भएको छ ।
छोरीको मृत्यु भएपछि आमा बेहोस भएकी र उनलाई उपचारका लागि झापाको कन्काई हस्पिटल लगिएको छ । ड्रममा बच्चा कसैले हालिदिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यस्तै आजै दिउँसो चमैता–१ मा आफ्नै घरको माछापोखरीमा डुबेर डेढ वर्षीय बालक प्रतीक राईको मृत्यु भएको छ । पोखरी नजिकै खेलिरहेको अवस्थामा उनी पानीमा डुबेका थिए ।
त्यसैगरी आज दिउँसो चुलाचुली–६ का आशीष लिम्बुकादुई वर्षीय छोरा कञ्चन लिम्बुको पनि माछापोखरीमा डुबेर मृत्यु भएको छ ।
घरमा कोही नभएको अवस्थामा उनी पानीमा डुबेका हुन् । पानीमा डुबेको थाहा पाएपछि उपचारका लागि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताउनुभयो ।

No comments:

Post a Comment