Monday, June 11, 2012

भारतबाट आएको पुगेन, चीनबाट मल झिकाउने तयारी

काठमाडौँ, जेठ २९- कृषि विकास मन्त्रालयले चीनबाटपनि कृषि मल झिकाउने तयारी गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार भेटमा मन्त्रालयका सहप्रवक्ता टङ्क लुइँटेलले कृषकको मागलाई सम्बोधन गर्न चीनबाट मल झिकाउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
भारतबाट ल्याएको मलले नपुग्ने, सरकारी र निजी क्षेत्रबाट स्वदेशमै मल उत्पादन नभएको र अन्यत्रबाट कृषि मल भित्र्याउन नसक्ने भएकाले चीनबाट झिकाउने तयारी भएको उनले बताए।
सहप्रवक्ता लुइँटेलले समयमै वर्षा नभएको कारण मकै उत्पादनमा कमी आउने र कृषकले धानको ब्याड राख्न नपाएको कारण समग्र धान उत्पादनमा पनि असर पर्ने अवस्था रहेको बताए।
सरकार र निजी क्षेत्रले कृषि र कृषिसम्बन्धी उद्योग स्थापना गर्नमा उपेक्षा गरेकै कारण कृषि प्रधान देश परनिर्भरतातिर धकेलिएको गुनासो उनकोथियो। रासस
प्रतिक्रियाहरू (0)
ईमेल

No comments:

Post a Comment