एक वर्षअघि कमाउनकै लागि कुवेत पुगेकी चितवनकी एक महिला चारसय दिनारमा बेचिईन्। उनलाई किनेको व्यक्तिले यौन तथा शारिरिक शोषण गरेर चर्को मानसिकता दिए उनलाई।
अवैधानिक माध्ययमबाट कुवेत पुर्याइएकी उनी लुकिछिपी हारगुहार गरेर गत मंसिरमा चितवन फर्किईन्। तर उनलाई कुवेत पुर्याएर बेच्नेका विरुद्ध उनले अझै मुद्धा हाल्न सकेकी छैनन्। माईती नेपालको सम्पर्कमा रहेपनि उनी मुद्धा दर्ता गरौ कि नगरौको स्थितीमा छिन् उनी। 'फर्केपछि समाजमै बस्नुपर्ने, फितलो कानुनी सजायको व्यवस्था जस्ता कारणले उनी दर्ता गर्न मानिरहेकी छैनन् माईती नेपाल चितवनका युवराज दवाडीले भने पहिले ललाईफकाई प्रलोधनमा विदेश पुर्याउने र फर्केर आइपछि बच्नका लागि अनेक दाउगर्नेहरुले मुद्धा कमजोर बनाईरहेका छन्।'
यो घटनाजस्तै पुर्वी चितवनमा दलालको काम गरिरहेकी एक महिलाले आफ्नै बहिनी नाता पर्नेलाई भारतमा बेचिन। बैनी एकवर्ष भारत बसेर फर्किइन्। बेचिएर फर्केकी उनैले फेरी आफ्नै बैनी पन्द्र वर्षकी किशोरीलाई सिलगुढीमा बेचिइन्।
घटना थाहा पाएपछि स्थानीय र माइती नेपालमार्फत् फर्काइएकी ति किशोरीको मुद्धा पनि चल्दै नचली बन्द भयो। कारण पर्साको बैरेनी प्रहरीचौकीमा बेच्ने र बेचिने दिदीबैनीहरुले मिलापत्र गरे। मिलापत्र गर्दा ती किशोरीले म बेचिएको हैन सिलगुढी काम गर्न गएका हो अब हामीले एकअर्कालाई कुनै पनि उजुरबाजुर गर्ने छैन् भन्ने लेखापढीमा सहीछाप लगाईन्। यस्ता थुप्रै मुद्धा कानुनी कठघरामा नगई हराएका छन् जसले मानव बेचविखनलाई टेवा दिइरहेको दवाडीले बताए।
पछिल्लो पटक वैदेशिक रोजगारीमा गएका चितवनकै लोथर र भण्डारा क्षेत्रका चार जना महिलाको अत्तोपत्तो छैन्। न खबर न पैसा केही नआउँदा उनीहरुको परिवार विलखबन्दमा छन्। विदेश लगिएकी लोथर डिहीटारकी एक युवतीको खोजीका लागि आफुहरुले कहाँ सम्पर्क गर्ने भन्ने नै थाहा नपाएको स्थानिय फुलमाया तामाङले बताइन्।
ति युवतीजस्तै विदेश गएर हराएका महिलाको यकिन तथ्यांक कतैबाट पनि आउन भने सकेको छैन्। पश्चिम चितवनको गाउँबाट पनि ८० प्रतिशत युवायुवती विदेश जाने गरेको कानुनविद कृष्णभक्त पोखरेल बताउछन्। तर कसरी जान्छन र फर्केका छ कि छैनन् भन्ने अनुगमन कतैबाट हुन नसकेको उनले बताए।
'नबुझेकालाई बुझाउन सजिलो छ भण्डारा पारालिगलकमिटीकी मेनका पाठक विदेशमा पिडा भोग्नजानीजानी जानेहरुलाई लक्षित गर्दै भनिन् पढेलेखेका पनि नजाउ भन्दा नमानेर जान्छन अनि पिडा भोग्छन्।'
रोजगारीका लागि भनेर यसरी मानव बेचविखन हुँदा त्यस्ता मुद्धा अघि आउनुको साटो कमजोर पारेर लाखापाखा लगाइएका कारण जिल्लामै पनि कमैमात्र उजुरी पर्ने गरेको छ। जिल्ला प्रहरीमै पनि विगत तीनवर्षमा ६ वटा मुद्धामात्र मानव बेचविखनका परेका छन्।
गत २०६६-०६७ मा एकवटा,०६७-०६८ मा २ वटा र गतआवमा ३ वटा बेचविखनका घटना दर्ता भएका छन्। प्रहरीमा पुगेको मुद्धापनि अदालतसम्म कमै पुग्ने गरेको छ। गतवर्ष दर्ता भएका मध्ये एकमुद्धामात्र ईजलासका लागि आएको जिल्ला अदालतका श्रेष्तेदार दिनबन्धु बरालले बताए। 'प्रहरीमा त तीनवर्षमा जम्मा ६ वटा अदालतमा कति भन्ने प्रश्न यसले तेर्स्याएकै छ,' उनले भने।
'वैदेशिक रोजगारमा जाँदा कसरी जाने भन्ने चेतना नपुगेकै कारण घटना बढ्दो छ प्रहरी प्रमुख भुपालकुमार भण्डारी भन्छन् विदेश पुगेपछि पाउनेचरम यातनापछि हुने फकाईफुल्याई र दबाबले उजुरी नै नपर्ने गरेका पनि छन्। '
उनका अनुसार यस्ता मुद्धामा संलग्न व्यक्तिहरु कुनै राजनीतिक छातामा र कतै अपराध गिरोहको संरक्षणमा रहने गरेकाले कारबाहीमा समेत समस्या आउने गरेको उल्लेख गरे।
हरेक पारिवारिक संरचना वैदेकि रोजागरीसँग जोडिने क्रम बढेकाले यस्ता घटना बढेको न्यायधिस लेखनथ ढकाल बताउछन्। 'श्रीमान विदेशिने श्रीमती अर्को बिहे गर्ने अनि बच्चाले मानाचामलाका लागि तारेख धाउनुपरेको मुद्धा अदालतमै छ, निराकरण गर्न भन्दा पनि निरुत्साहित गर्नेहरुको दबदबा पनि बढेको छ।'
कानुन अन्वेष्ण स्रोतकेन्द्रका संयोजक विनोद लामिछाने कानुनी सहयोग गर्ने जील्लामा सेवाकेन्द्र भएपनि केन्द्रमा कोही समस्या लिएर नपुग्नु दुखद भएको सुनाउँछन्।
गाउँगाउँमा चेतना फैलाउन सम्पूण सरकारी गैरसरकारी निकायले समन्वयकारी भुमिका नखेलेकाले पनि मानव बेचविखनका मुद्धा ओझेलमा पर्ने गरेको बताए। 'मानव बेचविखन भनेको महिला बेच्ने मात्र हैन मानव अंग र कामका लागि पुरुष नै बेचिनु पनि मानव बेचविखन नै हो यस्ता कुरा गाउँसम्म पुर्याउनु पर्छ।'
जिल्ला न्यायधिस भोला चौलागाँई पनि सहीगलत के हो नबुझेकालाई जसले जतापनि फर्काउने कानुनी व्यवस्थाका कारण समस्या जटिल बन्दै गएको बताए। 'मानवबेचविखन सम्बन्धी कानुन नै परिमार्जन गरि नलगे आउदा दशकसम्म विकराल समस्याले गाज्नेछ,'उनी भन्छन्। पिडितलाई राज्यले राहत नदिने र पिडक नै राहत दिन तम्सेर मुद्धा लाखापाखा बनाउन लागिपर्ने गरेकाले दोषीलाई कारबाही नहुने गरेकोउनको ठहर छ। गरिब परिवार र मानविय संवेदनासँग जोडिएका विषयमा बेचिनेहरु फर्केपछि पनि राहतको प्रलोभनमा पर्ने गरेकाले थप अपराध हुने गरेपनि यस्ता विषय हेर्ने सोझो न्यायिक निकाय नभएको जिकिर उनको छ।
छिटो भिसा पाउन अरु जानकारी नै नलिई विदेश जाने गरेकाले युवाहरु पछिल्लो पटक दलालको फन्दा फस्ने क्रम पनि बढेका छन्। युवाहरु कोरिया,मलेसिया,दुबई तथा महिलाहरु ईजरायल,कुवेत,साउदी अरबमा कमाउन जानेको अचेल ठूलै धुईरो छ। श्रममन्त्रालयबाट नेपालबाट दैनिकएकहजारको हाराहारीले विदेश जाने अनुमती पाउने गरेका छन्। तर विदेशमा बेचिने र पिडित हुनेहरुले २०२० सालमा मुलुकी ऐनमा जिउमास्ने बेच्ने महलअन्तर्गत र २०६४को बनेको मानव बेच विखन ऐनबाट पनि सही न्याय पाउन सकेका छैनन्।
No comments:
Post a Comment