Wednesday, August 21, 2013

चार जना पति भएकी हरिकलाका तीन नागरिकता

५ भदौ, गुल्मी । सामान्यतया महिला पीडित र पुरुष पीडक हुन्छन् भन्ने
आमधारणा पछिल्ला केही घटनाले गलत बनाएको छ । विशेषगरी विवाहको नाटक गरेर
आर्थिक रूपमा सम्पन्न पुरुषबाट रकम र सम्पत्ति ठग्ने क्रम पछिल्लो समयमा
बढ्दै गइरहेको छ । सम्पत्तिकै लागि गुल्मीकी हरिकला सूर्यवंशीले चारजना
पुरुषसँग विवाह गरेकीछन् । त्यति मात्र होइन, उनले तीनओटा नागरिकतासमेत
बनाएकी छन् । रमाइलो कुरा के छ भने पहिलो नागरिकता विवाहिता भनेर बनाएकी
उनले दोस्रो अविवाहित र तेस्रो विवाहित भनेर बनाएकी छन् ।
पहिलो पटक विवाहित भन्दै श्रीमान्को नाम उल्लेख गरेको नागरिकता बनेको
झन्डै डेढ वर्षपछि उनले अविवाहितका रूपमा नागरिकता बनाएकी हुन् । उनका
तीनैओटा नागरिकतामा पुरण गिरीले प्रमाणपत्र दिने अधिकारीका रूपमा
हस्ताक्षर गरेका छन् । उनले पहिलोमा कामु प्रमुख जिल्ला अधिकारीका रूपमा
नागरिकता दिएका थिए भने तेस्रोमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा
हस्ताक्षर गरेको राजधानी दैनिकमा खबर छ । दोस्रो नागरिकता बनेको झन्डै
डेढ वर्षपछि उनले प्रतिलिपिका रूपमा तेस्रो नागरिकता बनाएकी थिइन् । डेढ
वर्षअघि विवाहित महिलाका रूपमा नागरिकता प्रमाणित गरेकै व्यक्तिले पछि
अविवाहितका रूपमा प्रमाणितगरेकाले उनको संलग्नता रहेको पीडितहरू बताउँछन्

दोस्रो श्रीमान् गोविन्द बानियाँ भन्छन्, 'पहिले विवाहित, पछि अविवाहित र
फेरि अर्को प्रतिलिपिका रूपमा विवाहित लेखेर नागरिकता बनाइएको छ, यी
सबैमा पुरण गिरीको हस्ताक्षर रहेको छ, कतै उनको पनि संलग्नता छ कि बुझ्न
खाँचो छ ।' महिलालाई मात्र नभई सरकारकै कर्मचारी भएर किर्ते नागरिकता
बनाउन यदि सहयोग गरेको भए उनलाई समेत कारबाही हुनुपर्ने पीडित गोविन्दको
माग छ । पुरण गिरी अहिले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत छन्
। अविवाहितका रूपमा नागरिकता बनेको दुई सातापछि राहदानी बनाउँदा पनि उनी
गुल्मी जिल्ला प्रशासन कार्यालयमा नै कार्यरत थिए । पहिलो नागरिकतामा
भएको नाम, जन्ममिति दोस्रो र तेस्रो नागरिकतामा मिल्दैन । पहिलो
नागरिकतामा उनको नाम हरिकला झाँक्री छ । दोस्रो नागरिकतामा गीतादेवी
सूर्यवंशी लेखिएको छ ।
गोविन्द बानियाँसँग विवाहपछि तेस्रो नागरिकतामा गीतादेवी बानियाँका नाममा
नागरिकता बनाइएको छ । पहिलो नागरिकतामा उनको जन्ममिति २०४०/१२/२७ रहेको छ
भने दोस्रो र तेस्रो नागरिकतामा २०३८/१२/२८ रहेको छ । सबै नागरिकतामा
जन्म स्थान र बाबुको नाम/थरमा भने फरक छैन । उनले पहिलो नागरिकता २ जेठ
२०६४ मा, दोस्रो नागरिकता १८ कात्तिक २०६५ र त्यसको प्रतिलिपि २०६६/१२/१३
मा बनाएकी थिइन् । पहिलो नागरिकताको नम्बर ४११०१७ हो भने दोस्रोको ४११०२०
हो । पहिलो पटक लिलबहादुर झाँक्रीसँग विवाह गरेकी उनकै नामबाट नागरिकता
बनाएकी थिइन् । श्रीमान्को मृत्युपछि उनी कुवेतसमेत गइन् । पहिलो
नागरिकता बनाएको डेढ वर्षमा त्यहींबाट दोस्रो पटक अविवाहितका रूपमा
नागरिकता बनाइन् । उनले दोस्रो नागरिकताका आधारमा राहदानी बनाएकी हुन् ।
कुवेतबाट फर्किएपछि बालाजुको एउटा होटलमाकाम गर्दै आएकी थिइन् । आफू टोल
सुधार समितिको अध्यक्ष हुँदा रोजगारी खोजिदिन भन्दै आफूसम्म आइपुगेको
गोविन्द गिरी बताउँछन् । गिरीसँग भेट भएको झन्डै दुई साता बित्न नपाउँदै
उनले माओवादीमा उजुरी हालिन् । गिरी भन्छन्, 'नचाहँदा पनि जबर्जस्ती
उनीहरूले विवाह गर्न बाध्य गरे ।' बाध्यताले मनमैजुमा कोठा खोजेर राखे
पनि आफ्नो परिवार भएकाले आफूले बेवास्ता गरेको उनले बताए । त्यही बीचमा
उनले पहिलो पतिसँग अंश लिएकी हुन् । गिरीले भने, 'उनको खर्च भने
त्यतिबेला पनि बेहोर्दै आएको थिएँ ।' उनले गिरीलाई सुरुका दिनमा राम्रो
व्यवहार देखाएरै नागरिकता बनाउन भनिन् । नमानेपछि विभिन्नपक्षबाट धम्की
दिएको र आफूले बाध्य भएर म्याग्दी गएर पत्नीका रूपमा नागरिकता दिलाएको
उनले बताए । त्यतिबेलासम्म उनलाईउनको दोस्रो नागरिकताका बारेमा जानकारी
भए पनि पहिलो नागरिकताका बारेमा जानकारी थिएन । आफूसँग विवाह हुँदा
अविवाहित भने पनि आफैंले उनको विवाह भएको र दुईओटा सन्तान भएको पत्तो
लगाएको उनले बताए ।
नागरिकता बन्नासाथ आफूसँग ३५ लाख माग गरेको उनी बताउँछन् । उनले भने,
'सम्पत्ति वा अरू कुरा नभई उसले नगद र त्यो पनि मागेजति नै दिन धम्की दिन
थालिन् ।' त्यही क्रममा पहिलो नागरिकताको रहस्य खुल्यो । 'त्यसपछि नै
मैले जालसाँझी नागरिकताको मुद्दा हालेको हो,' उनले भने । गिरीसँग अंश
मागेपछि उनले वीरबहादुर तामाङसँग विवाह गरेकी थिइन् । झन्डै डेढ वर्षको
अवधिमा विभिन्न बहानामा उनले तामाङलाई पनि सक्दो ठगिन् । आफूलाई सक्दो
ठगेर अर्काेसँग विवाह गरेपछि तामाङ पनि उनको खोजी गर्न र कानुनी उपचार
खोज्न गिरीलाई घचघच्याउने गर्छन् ।

No comments:

Post a Comment