Thursday, August 15, 2013

अब राहदानीमै पारिश्रमिक

३१ साउन, काठमाण्डौ । बैदेशिक रोजगारीमा जाने कामदारको दोहोरो करारपत्र
हटाउन सरकारले राहदानीमै पारिश्रमिक राख्न थालेको छ । वैदेशिक रोजगार
व्यवसायीले दुई थरी करारपत्र बनाउँदै कामदारलाई न्यून पारिश्रमिकमा
पठाएको भेटाएपछि बैदेशिक रोजगार विभागले पार्सपोटमै पारिश्रमिक टाँस्न
थालेको हो । श्रम तथा रोजगार मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकभन्दा
कममा मागपत्र ल्याउने र विभागमा नक्कली कागजात पेस गर्ने म्यानपावर
एजेन्सी यो व्यवस्थाबाट निरुत्साहित हुने विश्वास विभागको छ ।
सरकारले मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा १ हजार रियाल (२५ हजार
रुपैयाँ), कतार १२ सय रियाल (३० हजार रुपैयाँ) र संयुक्त अरब इमिरेट्स
युएईमा ११ सय रियाल (२७ हजार ५ सय) पारिश्रमिक तोकेको छ । विभागले
यीभन्दा कम पारिश्रमिकमा श्रम स्वीकृति दिँदैन । तर एजेन्सीहरुले नक्कली
करारपत्र बनाई धमाधम कामदार पठाइरहेका छन् । 'यस्तो खुला ठगी नियन्त्रण
गर्न राहदानीमै श्रम स्वीकृतिको स्टिकर राख्न थालेका हौँ , विभागका
महानिर्देशक विनोद केसीले भने,'अब त्यास्ता ठग म्यानपावर ठाउँमा आउँछन् ।
'
उनका अनुसार कामदारले पनिसम्बन्धित मुलुक नपुगेसम्म आफूले पाउने
पारिश्रमिक बढी र लागत खर्च कम देखाउने गरेका छन् । विदेशमा समस्या
भएपछिमात्र बास्तविक समस्या खुलाउँछन्,उनले भने,'यसले पनि नियमनमा असहज
भएको थियो ।' आजकोकारोबार दैनिकले समाचार छापेको छ ।

No comments:

Post a Comment