Wednesday, July 31, 2013

इन्टरनेट चलाउँदा ४ अर्ब बाहिरिन्छ

१६ साउन, काठमाण्डौं । नेपालबाट इन्टरनेट चलाउँदा गत वर्ष ३ अर्ब ७६ करोड
रुपैयाँ बाहिरिएको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले
व्यान्डविथवापत यो शुल्क विदेशी कम्पनीलाई बुझाएका हुन् । व्यान्डविथ
भनेको सर्भर र इन्टरनेट चल्ने उपकरण जोड्ने माध्यम हो ।
विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछिव्यान्डविथ शुल्क विदेश
पठाउनुपर्छ । सामाजिक सञ्जाल, इमेल, भिडियो उपलब्ध गराउने लगायतका
अधिकांश वेबसाइट विदेशी छन् । '६० प्रतिशतभन्दा बढी वेभसाइट सामाग्री
विदेशी प्रयोग हुन्छ,' इन्टरनेट सेवा प्रदायकको संस्था (आइएसपीएएन) का
अध्यक्ष विनय बोहराले भने, 'त्यसकै लागि यस्तो शुल्क बुझाएको हो ।'
नेपालले स्याटलाइट र अप्टिकल फाइबरको माध्यमबाटव्यान्डविथ प्रयोग गर्दै
आएको छ । धेरैजसो इन्टरनेटका सामग्री अप्टिकल फाइबरबाट भारत हुँदै नेपाल
प्रवेश गर्ने गरेको कान्तिपुर दैनिकमा खबर छ । भारतका एयरटेल, टाटालगायत
कम्पनीलाई नेपालका सेवा प्रदायक कम्पनीले शुल्कबुझाउने गरेका छन् ।
इन्टरनेट सेवामा ठूलो हिस्सा राख्न नेपाल टेलिकम, एनसेलसहित इन्टरनेट
सेवा प्रदायक (आईएसपी) ले यो रकम बुझाएका हु

No comments:

Post a Comment