Wednesday, July 31, 2013

बैद्यले शीर्ष नेतृत्वलाई सिध्याउन लागेको प्रचण्डको सूचना

१६ साउन, काठमाण्डौ । के एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको
शीर्ष नेतृत्वलाई चुनावको मुखमा बैद्य समूहबाट ज्यान लिने तहसम्मको
खतरासम्बन्धी सूचना पाएकै हुन ? उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतवारको
बैठकमा उनले गरेको यससम्बन्धी रिपोर्टिङ सवैलाईझस्काउने खालेको थियो ।
'ठूलै म्यासेज दिन उपल्लो तहका नेतालाई नै सिध्याउने योजना बनाएका छन,
यसो गर्दा भयंकर प्रचार हुने र चुनाव बिथोल्न ठूलो मसला पनि मिल्ने
उनीहरुको सोचाई छ ।' प्रचण्डले वैठकमा यस्तो रिपोर्ट गरेको बुधबार
प्रकाशित जनआस्था साप्ताहिकलेा छापेको छ ।
आफ्नो भनाईलाई पुष्टी गर्न उनले महोत्तरीमा अघिल्लो साता तराईको एउटा
शसस्त्र समूहले फोरम कार्यकर्तामाथि गोली प्रहार गरेको र बझाङमा बैद्य
समूहले काँग्रेसका क्षेत्रीय सदस्यमाथि गम्भीर आक्रामण गरेको घटना बिबरण
प्रस्तुत गरेका थिए ।
'दिल्लीमा सम्पन्न १२ बुँदै सम्झौतादेखि नै भाँडिएका हुन, त्यहीँबाट
गल्ती भयो र त्यसलाई सच्चाउनुपर्छ भन्ने उनीहरुको छ, यीनले चुनावको कुरा
त गर्छन तर भाग लिंदैनन ।'- प्रचण्डको निष्र्कष थियो ।
बिजयकुमार गच्छदारले पनि जेपी गुप्ताले तराईका पाँच जना नेतालाई रातो
घेरा लगाएर थ्रेट गरेको भन्दै चुनाव नचाहाने तत्वले आफुहरुमाथि खतरा
निम्त्याएको बताएका थिए । फिल्डमा खट्ने तल्लो तहका कार्यकर्ता र
मतदाताको सुरक्षाबारे उदासीनरहँदै एकोहोरो चुनावी रटान लगाइरहेका यी नेता
आफ्नै सुरक्षा खतराको थोरैमात्र संकेत पाउँदासमेत यसरी आत्तिएका हुन् ।
यसअघि अशोक राईको जातीय पार्टी र उपेन्द्र यादवको क्षेत्रीय पार्टीले
कुनै हालतमा चुनाव रोक्न जस्तोसुकै कदम चाल्ने धम्की दिंदा नपत्याएका
ठूला दलहरुले बादलले रत्नपार्कमा नक्कली मतपेटिका फुटाएपछि उनीहरुको सातो
गएको समाचारमा उल्लेख छ ।
बैद्यको संगठन सैन्य संरचनामा
यसैवीच नेकपा-माओवादीले मंसिर ४ को चुनाव हुने र राज्यसंग टकराव बढ्ने
निष्र्कष निकाल्दै आफ्नो संगठनलाई अर्धसैन्य संरचनामा लैजान थालेको छ ।
एक राज्यसमितिमा एक प्लाटुन निर्माण गरी हाल तालिम सुरु गरिसकेको र
त्यसैलाई बढाएर डिभिजन तहसम्म लैजाने योनामा बैद्य समूह रहेको जनआस्था
साप्ताहिकले छापेको छ । यसबारे सोमबार तालिम र प्रशिक्षण भएको र त्यहाँ
नेताहरुले तत्काल नेता कार्यकर्ताको जीवनशैली र बसोबास तत्काल
बिकेन्द्रीत गर्ने, चर्को आर्थिक चलखेल गर्ने, बिचौलिया दलालमाथि
अर्धभूमिगत शैलीको कारवाही गर्ने र कारवाहीमा संलग्नहरुको परिचय गोप्य
राख्ने निर्देशन दिएको तालिममा सहभागी एक कार्यकर्तालाई उदृत गर्दै
समाचारमा जनाइएको छ ।
माओवादीले हरेक क्षेत्रमा राजनीतिक रुपमा निर्वाचन बहिस्कार दल र
फौजीरुपमा युवा प्रतिरोध दल निर्माण गरिसकेको छ । बहिस्कार दलको नेतृत्व
जिल्लाले र प्रतिरोध दलको नेतृत्व जनस्वयंसेवक दस्तामा संलग्न पूर्व
लडाकू कमाण्डर वा लडाकू स्वभावका कार्यकर्ताले गर्ने गरी जिम्मेवारीसमेत
बाँडफाँड भइसकेको जनाइएको छ। source.onlinekhabar.com

No comments:

Post a Comment