Wednesday, April 3, 2013

वैद्यका कार्यकर्ता भन्छन्- खिलराज जमिन्दार हुन्

अझै सार्वजनिक भएन रेग्मीको सम्पत्ति
२१ चैत, काठमाडौं । देशको कानुनले तराईमा १० बिघाभन्दा बढी जग्गा राख्न
नपाउने गरी हदबन्दी तोकेको छ । तर, यही नियम पालना गराउने र अहिले
कार्यान्वयन गर्ने ठाउँसम्म पुगेका मन्त्रिपरिषद अध्यक्ष खिलराज
रेग्मीमाथि नै हदभन्दा बढी जमीन राख्ने जमिन्दारको आरोप लागेको छ । सरकार
बिरुद्ध आन्दोलनरत नेकपा-माओवादीले रेग्मी जमिनदार भन्दै बर्दियामा रहेको
उहाँको जग्गा कब्जा गरेको छ ।
बुधबार बिहान भाले बास्नुअगाडिनै बर्दियाको खैरीचन्दनपुर-८ स्थित अध्यक्ष
रेग्मीको जग्गामा माओवादी कार्यकर्ताले झण्डा गाडेका हुन् । 'रेग्मी,
उहाँका ससुरा लक्ष्मीप्रसाद शर्मा र अर्का स्थानीय युवराज शर्माका नाममा
रहेको जग्गा हामीले कब्जा गरेका हौं ।'-माओवादी जिल्ला सेक्रेटरी द्रव्य
साह सुमनले अनलाइनखबरलाई बताउनुभयो ।
रेग्मीका आफन्तले भने अध्यक्ष रेग्मीका नाममा बढीमा १० बिघा जमीन मात्रै
रहेको बताएका छन् । तर, माओवादीले भने उहाँसँग हदबन्दी भन्दा बढी जग्गा
भएको दाबी गरेको छ । 'उहाँसहित तीन जना नातेदारका नाममा एकसय १० देखि
एकसय २० बिघासम्म जमीन छ' सुमनले भन्नुभयो- 'हामीले पहिले पनि कब्जा
गरेका थियौं, अहिले फेरि पार्टी नीति विपरीत नै भए पनि कब्जा गरेका हौं
।'
माओवादी कार्यकर्ताले बुधबार बिहानै जग्गामा गाडेको झण्डा प्रहरीले
केहीघण्टापछि नै निकालेर फालेको छ । 'झण्डा निकाल्ने र गाड्ने प्रकृया त
चलिरहन्छ, तर हामी यहाँको उत्पादन लैजान दिँदैनौं, भूमीहीनहरुलाई वितरण
गर्छौं ।'-सुमनले भन्नुभयो-'अरुले दुःख गरेर कमाउने, उनीहरु बसीबसी खाने
कहाँ मिल्छ ?' रेग्मीले अन्य सामन्त र जमिन्दारले विगतमा गरेजस्तै
हदबन्दीको डरले आफ्ना नातेदारका नाममा जमीन लुकाएको स्थानीय माओवादी
कार्यकर्ताको आरोप छ ।
अझै सार्वजनिक भएन रेग्मीको सम्पत्ति
सरकार प्रमुख बनेपछि आफ्नो यथार्थ सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
कानूनी बाध्यता भए पनि अध्यक्ष रेग्मीले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण
सार्वजनिक गर्नुभएको छैन ।
पाल्पामा पुख्र्यौली सम्पत्ति रहेका रेग्मीको काठमाडौंमा पनिघर छ ।
छोरा-बुहारी अमेरिकामा रहेका रेग्मीले पख्र्यौली सम्पत्तिका साथै
अदालतमा हुँदाआर्जन गरेको र परिवारका सदस्यसँग रहेको सम्पत्तिसमेत
गोरखापत्रमार्फत् सार्वजनिक गर्नुपर्नेमा त्यसो नगर्दा रेग्मीको सम्पत्ति
कति छ भन्ने जनसमक्ष आएको छैन । बुधबार वैद्यपक्षीय माओवादी कार्यकर्ताले
झण्डा गाढेपछि बर्दियामा रेग्मीको दशौं बिघा जाग्गा रहेको खुलेको हो ।
यद्यपि त्यहाँ उहाँका नाममा र ससुरालीका नाममा कति-कति जमीन छ
भन्नेचाँहि उहाँले आफ्नो सम्पत्ति सार्वजनिक गरेपछिमात्रै थाहा होला ।

No comments:

Post a Comment