Saturday, April 13, 2013

दुई सन्तानको हत्यापछि आमाले गरिन् आत्महत्या

जनकपुर , चैत्र ३१ - आफ्ना दुई नाबालक छोरा-छोरीलाई विष खुवाई हत्या
गरेपछि एक महिलाले आफैं पनि आत्महत्या गरेकी छन् । ६ महिने छोरा परमेश्वर
तथा ३ वर्षीया छोरी श्रृष्टीलाई विष सेवन गराई २५ वर्षीया सुरेखा दासले
शुक्रबार राति आफूले घरमै पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ

जनकपुर नगरपालिका १ शिवपथ भन्दा उत्तरको मोहल्लामा बसोवास गर्दै आएकी
मृतक सुरेखाको पति श्यामसुन्दर दास एक महिना पूर्व वैदेशिक रोजगारीमा
साउदी गएका छन् ।
पूर्वी धनुषाको माची झिटकोहिया गाविस ३ तेलियाहा गाउाकी स्थायी निवासी
श्यामसुन्दरको जनकपुरमा समेत आफ्नै घर छ ।
आत्महत्या गर्दा दुई सन्तान र उक्त महिला बाहेक घरमा कोही पनि थिएनन् ।
स्थानीयवासीहरुका अनुसार-शुक्रबार अपरान्ह्र उसको सासु ससुरा गाउँ गएका
थिए ।बिहान साढे सात बजेसम्म घरमा कुनै चहल पहल नदेखे पछि छिमेकीहरुले
प्रहरीलाई सूचना दिएका थिए ।
दुई सन्तानसहित आत्महत्या गर्नु पूर्व सुरेखा आफूले र आफ्ना दुबै
सन्तानलाई नयाँ लुगा लगाई दिएकी थिइन् । साथै पनि श्रृंगार पटार गरेकी
थिइन् ।
सुरेखाले आत्महत्या गरेकी वा कसैले उनीहरुको हत्या गरेको विषयमा अनुसनधान
भइरहेको रेल्वे स्टेशन प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक दीपेन्द्र
प‌ंजियारले जानकारीदिए ।
प्

No comments:

Post a Comment