Monday, March 11, 2013

२ सय ४६ जना कामदारले कोरिया फर्किन आबेदन दिए

२८ फागुन, काठमाण्डौ । रोजगार अनुमति प्रणालीमार्फत् कोरियामा निर्धारित
समय बिताएर नेपाल फर्किएकामध्ये २ सय ४६ जनाले पुनः कोरिया फर्किन आबेदन
दिएका छन ।
तोकिएको समयमै नेपाल फर्किएका कामदारलाई लक्षित गर्दै कोरिया सरकारले
रिइन्ट्री अफर ल्याएपछि उनीहरुले कोरिया फर्किने रुचीसहित भाषा परिक्षामा
सहभागी हुन आबेदन दिएका छन ।
कोरिया सरकारले सुरुमा दिएको ३ बर्षको समय पुरा गरि नेपाल फर्किएका
कामदार पुनः भाषा परिक्षाको प्रकृया पुरा गरि कोरिया र्फकन पाउने
ब्यबस्था छ । त्यही ब्यबस्थाअनुसार २ सय ४६ जनाले आबेदन दिएको इपीएस
नेपाल कार्यालयका अधिकृत ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
अहिलेसम्म ५ सय ५७ नेपाली श्रमिकहरु कोरियामा काम गरेर तोकिएको समयमै
नेपाल फर्किएका छन । गत बिहीवार रशुक्रबार उनीहरुको आबेदन इपीएस
कार्यालयले बुझेको छ ।
आगामी मार्च २७ तारिख(चैत १४ गते) उनीहरु कम्प्युटरमा आधारित भाषा
परिक्षामा सहभागी हुनेछन । ७० मिनेट लामो २ सय पूर्णाङकको परिक्षामा
उनीहरुको सुन्ने र पढ्ने क्षमता परिक्षण गरिने छ । परिक्षा करिव चार
दिनसम्म चल्ने ढकालले जानकारी दिनुभयो ।
आफ्नो कार्यकाल सकेर जनवरी १ २०१० पछि नेपाल फर्किएका र १८ देखि ३९
बर्षसम्मका कामदार यो प्रकृयामा सहभागी हुन सक्नेछन । परिक्षामा पास हुने
युवाहरु पुनः कोरिया जानका लागि सूचीकृत हुनेछन । सन २०१२ मै जुलाईमा
कार्यकाल सकेर समयमै फर्किने नेपाली कामदारलाई पुनः कोरिया जान पाउने
ब्यबस्था खुला गरिएको थियो ।

No comments:

Post a Comment