३ बैशाख, रौतहट । प्रचण्ड गर्मीसँगै सुरु भएको हावाहुरीका कारण भएको
शृंखलाबद्ध आगलागीबाट करोडौंरुपैयाँको धनमाल क्षति भएपछि गाउँलेहरु आफैले
खाना पकाउने समय निर्धारण गरेका छन् ।
संग्रामपुर र समनपुर गाविसमा गाउँ सुरक्षा समितिले बिहान ८ बजेभित्र खाना
पकाएर चुलोको आगो पूर्ण रुपमा निभाउन गाउँलेलाई आग्रह गरेको छ ।
संग्रामपुर गाउँका चौकीदार रामनाथ पासवानले माइकिङ गर्दै बिहान ८
बजेभित्र र बेलुका ७ बजेपछि खाना पकाएर चुलो निभाउन गाउँलेलाई सूचित
गरेका छन् ।
गर्मी मौसममा तराईमा प्रायजसो बिहान ८ बजेपछि मात्र हावाहुरी चल्ने
भएकाले त्यसअघि नै भान्छाको काम सकेर चुलो बन्द गर्न उर्दी जारी गरिएको
गाउँ सुरक्षा समिति संग्रामपुरका संयोजक नरेन्द्र ठाकुरले बताए, नागरिक
दैनिकमा खबर छ । अटेर गरेर चुलो बाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने
निर्णय पनि गाउँलेहरुले सामूहिक रुपमा गरेका छन् । शनिबार छिमेकी गाउँ
बसबिटी जिगडिया र रघुनाथपुरमा भीषण आगलागी हुँदा सय घर खरानीमा परिणत
भएको थियो ।
No comments:
Post a Comment