Tuesday, April 16, 2013

इरान-पाकिस्तान सीमामा भूकम्प

इरान र पाकिस्तानको सीमामा ७.८ रेक्टरस्केलको भूकम्प गएको छ। सीएनएनका
अनुसार अहिलेसम्म क्षतिको विस्तृत विवरण आइसकेको छैन।
भूकम्पको झट्का उत्तरी भारत र पश्चिम एशियासम्म महशुस गरिएको थियो।
भूकम्प नेपाली समय अनुसार ४ बजेर ३३ मिनेटमा गएको थियो । भूकम्पको कम्पन
२० सेकेन्डसम्म महशुस गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
सर्भेका अनुसार इरानमा भने भूकम्प ८ रेक्टर स्केल मापन गरिएको थियो ।

No comments:

Post a Comment