Friday, April 12, 2013

तन्ना च्यातेर पासो लगाइ आत्महत्या

सन्तोष सिंह,सर्लाही, चैत ३० - सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा
राखिएको एक थुनुवाले आज बिहान पासो लगाइ आत्महत्या गरेका छन् । सर्लाही
डुम्रे खोला- ३ का ४५ वर्षीय जितबहादुर घिसङले थुनेर राखिएको कोठाको
झ्यालमा पासो लगाइ आत्महत्या गरेका हुन् ।
गत बुधबार आफ्नै भाञ्जिलाई रक्सी खाएर जबरजस्ती गर्न खोजेको आरोपमा हिजो
स्थानीयले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
प्रहरीले गएराति १० बजे इलाका प्रहरी कार्यालय हरिवन ल्याएकोथियो । 'आज
बिहान ३ बजे बत्ती हुँदासम्म उ सकुशल थियो,' इलाका प्रहरी कार्यालका
प्रहरी निरीक्षक दीपक न्यौपानेले भने, 'बत्ती गएपछि आत्महत्या गरेछ ।'
घिसिङले आफूलाई राखेको कोठाको ७ फिट अग्लो झ्यालमा झुण्डिएर आत्महत्या
गरेका थिए । झुण्डिएको अवस्थामा उनलाई बिहान ४ बजे फेला पारिएको थियो ।
घिसिङले उनलाई सुत्न दिएको तन्ना च्यातेर गलामा पासो लगाइ आत्महत्या
गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए । कोठामा थुनुवा एक जना मात्रै
थिए । घटनाबारे थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

No comments:

Post a Comment