Tuesday, April 16, 2013

चार प्रधानमन्त्रीले बाँडे ७० करोड

३ बैशाख, काठमाण्डौं । गणतन्त्रको घोषणापछि बनेका सरकारले राज्य कोषको
अधिकांश रकम अनियन्त्रित रुपमा दलका नेताकार्यकर्तालाई बाँडेको पाईएको छ
। २०६५ भदौ ९ गते गणतान्त्रिक सरकार गठन भएदेखि गत फागुनसम्ममा झन्डै ७०
करोड रुपैयाँ यसरी बाँडिएको हो ।
यस अवधिमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले
बरिष्ठ नेता माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी नेता
बाबुराम भट्टराई प्रधानमन्त्री भए ।
गणतन्त्र आएपछि पहिलो जननिर्वार्चित प्रधानमन्त्री दाहालदेखि निवर्तमान
प्रधानमन्त्री भट्टराईसम्मको कार्याकालका विवरण हेर्दा सरकारका तर्फबाट
आर्थिक सहायता र चन्दा रकम बाँड्न प्रतिष्पर्धा नै गरेजस्तो देखिएको छ ।
अर्थ मन्त्रालयले तयार पारेको यी चार प्रधानमन्त्रीको खर्च विवरणमा
राज्यकोषको रकम जथाभावी वितरण गरिएको स्पष्ट पारिएको छ । विवरणअनुसार
चारैजना प्रधानमन्त्रीले ठूलो रकम दलका नेतालाई बाँडेको खबर अन्नपूर्ण
पोष्ट दैनिकमा खबर छ ।
सहायता रकम मनोमानी बाँडिएको गुनासो आएपछि राष्ट्रपति रामबरण यादबले
अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई गत साता शीतलनिवासमै बोलाएर सबै विवरण
उपलब्ध गराउन निर्देशन दिएका थिए । त्यसपछि अर्थमन्त्री कोइरालाले
'प्रधानमन्त्री र आर्थिक सहायता निकासा एक झलक' शीर्षकमा विवरण तयार
पारेर राष्ट्रपतिलाई बुझाएका छन् ।
यी चार पूर्वप्रधानमन्त्रीले शासन गरेको दिनको हिसावले एक दिनमा औसत तीन
लाखदेखि पाँच लाख ८८ हजार रुपैयाँसम्म रकम बाँडेको देखिन्छ । औसतमा दैनिक
सबैभन्दा बढी रकम बाँड्नेमा एमाले अध्यक्ष खनाल छन् । उनले दैनिक पाँच
लाख ८८ हजार रुकम बाँडेका थिए भने नेपालले दैनिक औसत पाँच लाख १८ हजार,
भट्टराईले तीन लाख पाँच हजार र दाहालले तीनलाख एक हजारका दरले रकम विवरण
गरेका थिए । यसरी बाँडिएको रकम पाउनेमा नेताकार्यकर्तासहित आआफ्ना दलसँग
सम्बद्ध भ्रातृसंगठन र नेताका नाममा खोलिएका प्रतिष्ठान धेरै छन्
http://www.onlinekhabar.com/2013/04/61187/

No comments:

Post a Comment