२८ फागुन,काठमाण्डौं । खाडीका बहराइन र ओमनमा काम गर्न जाने नेपालीको अब
न्यूनतम तलब निर्धारण हुने भएको छ । खाडीका साउदी अरब, कतार, यूएई र
कुबेतमा न्यूनतम तलब मान लागू भइसकेको छ ।
नेपाली दूतावाससमेत नभएका बहराइन र ओमनलाई साउदीको रियादस्थित नेपाली
दूतावासले सहप्रमाणीकरण गर्दै आएको छ । उक्त दूतावासले नै पहिलो पटक दुवै
देशको लागि न्यूनतम तलब प्रस्ताव गरी पठाएको हो । त्यसलाई हालै बैदेशिक
रोजगार विभागले निर्णय गरी श्रम तथा रोजगार मन्त्रालयमा सिफारिस गरेको छ
। दूतावासले दुवै देशका लागि साउदीमा नेपाली कामदारको न्यूनतम तलब बराबरै
प्रस्ताव गरेको छ । विभागले त्यसैलाई सिफारिस गरेको हो । प्रस्ताव अनुसार
दुवै देशमा काम गर्न जाने अदक्ष कामदारको न्यूनतम मासिक तलब ८ सय साउदी
रियाल (१८ हजार रुपैयाँ) र कम्पनीबाट निःशुल्क खाना र खाना नभएर २ सय
रियाल (४ हजार ६ सय रुपैयाँ) सहित२३ हजार रुपैयाँ रहेको सोमकार प्रकाशित
कान्तिपुर दैनिकमा खबर छ ।
दूतावासले साउदी रियाललाई रुपान्तरण गरी बहराइनका लागि बहराइन डिनार र
ओमनका लागि ओमनी रियालमा तलबमान प्रस्ताव गरेको छ । 'साउदी अरबलाई तलब
निर्धारण गर्नेबेला यही (साउदी) बराबर नै बहराइन र ओमनको पनि गर्न भनेर ९
महिना अघिनै पस्ताव गरेका थियौं,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज
पाण्डेले भने । दूतावासले अदक्ष, अर्धदक्ष, दक्ष र प्रोफेसनल गरी ४ तहमा
न्यूनतम तलब निर्धारण गरेको छ । जसअन्तर्गत अदक्ष कामदारको ८० बराइन
डिनार तथा खानाको २० डिनार रओमनको ८० ओमनी रियाल तथा खानाको २० रियाल
रहेको छ ।
source OnlineKhabar.com
No comments:
Post a Comment