Monday, March 11, 2013

आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

२८ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी
दैनिक २ घण्टा लोडसेडिङ घटाएको छ । चैत १ गतेबाट सुरु हुने एसएलसी
परीक्षालाई लक्षितगरी सातामा १२ घण्टा घटाउन लागिएको प्राधिकरणले जनाएको
छ ।
नयाँ तालिका अनुसार सोमवारदेखि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा
लोसेडिङ हुने छ । यसअघि हप्ताको ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो ।
नदीमा पानीको जलस्तर घट्ने क्रममा रहे पनि तापिय विद्युत सञ्चालन,
भारतबाट विद्युत आयत, काली गण्डकी एजल विद्युत केन्द्रको मर्मतलगायतका
कारणले लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।
तालिका ठूलोमा हेर्न तस्वीरमा क्लिक गर्नुस ।
source OnlineKhabar.com

No comments:

Post a Comment