नयाँदिल्ली, फाल्गुन २८ - डिसेम्बर १६ मा दिल्लीमा भएको सामूहिक बलात्कार
का मुख्य आरोपीले भारतको तिहार जेलमा आज आत्महत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मुख्य आरोपी राम सिंहले बिहान ५ बजे
झुण्डिएर आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्टपार्टमको लागि अस्पताल
लगिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुडिरहेको बसमा २३ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सिंहसहित अन्य
५ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये एक जना उनका भाई हुन् । सिंह
बसका चालक हुन् । बलात्कृत किशोरीको डिसेम्बर २९ मा सिंगापुरको एक
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बलात्कार आरोपीहरुको मुद्दा अदालतमा विचाराधीन छ ।
अन्य आरोपीसँग एकै कोठामा रहेको सिहं बिहान ५ बजे आफ्नो लुगाले झ्यालको
डण्डीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । जेल प्रशासनले
आत्महत्याबारे थप अनुसन्धान अगाडी बढाइसकेको जनाएको छ । उनीसँगै उक्त
बलात्कार घटनाका ५ आरोपी सोही कोठामा थिए ।
source Ekantipur.com
No comments:
Post a Comment