पेनाङ । राम्रो कमाई हुने आशामा १ लाख ३० हजार रुपैयाँ नेपालमा वुझाएर
मलेसिया आएका करीव ८५ जना श्रमिकहरु म्यानपावर र कम्पनीको लार्पवाही
सिकार बनेका छन् ।
तोकिएको कम्पनीमा काम नभएको भन्दै अर्कै कम्पनीमा पठाइएका उनीहरुलाई त्यो
कम्पनीले पनि काम नदिएपछि अहिले उनीहरु खाली हात बस्न बाध्य छन । ९ महिना
बितिसक्दा पनि कामको टुंगो नहुँदा उनीहरु चिन्तामा छन ।
जेठ १९ गते मलेसिया आएका उनीहरुलाई केलाङको नोसन भेन्चर कम्पनीमा शुरुमा
काममा लगाईएको थियो । तीन महिनासम्म काम गरेका उनीहरुलाई कम्पनी
राम्रोसंग नचलेको भन्दै पेनाङको सेम्व्रानजयामा रहेको कगा कम्पनीमा
लगिएको थियो । पाँच महिना काम गरिसकेपछि हाल उक्त कम्पनीले पनि काम छैन
भन्दै सात दिनदेखि कामनदिएको कारण आफुहरुलाई समस्या परिरहेको उनीहरुको
भनाई छ ।
कम्पनीले आफुहरुलाई तीन महिनाको लागि मात्र कन्ट्रयाकमा लिएको भन्दै काम
दिन आनाकानी गरिरहेको पिडितहरुले जानकारी गराएका छन । आफुहरु जुन
कम्पनीमा आएको हो सोहि कम्पनीमा फोन गर्दा 'तिमिहरु यहाँ आएर पनि राम्रो
छैन, वरु त्यतैतिर काम गर' भन्ने गरेको पिडीत अर्जुनप्रसाद खनालले बताए ।
नेपालमा आफुहरुलाई पठाउने मेनपावरलाई फोन गर्दा फोन नउठाउने गरेको
उनीहरुको भनाई छ । ९ सय रिँगेट न्यूनतम तलवको चर्चा चलिरहेको भएपनि काम
चलेका बखत आफुहरुले ६ सय ५० रिँगेट भन्दा बढि कहिल्यै पनि नपाएको उनीहरु
वताउँछन । उनीहरु ट्रस्ट ओभरसिज, जापान डिन ओभरसिज, लालधनुष ओभरसिज
लगायतका मेनपावरवाट मलेसिया आएका थिए । पिडीतले अनलाइनखबरसँग भने- कामको
पनि टुंगो छैन, मलेसिया आउँदा लिएको ऋण पनि तिर्न नसकिने भइयो,
म्यानपावरको बदमासीले फसियो ।' आफुले पठाएका कामदार कामबिहीन भएर अलपत्र
पर्दा पनि म्यानपावर कम्पनीले कुनै रेस्पोन्स नगरेको भन्दै उनीहरुले
त्यस्ता कम्पनीलाई कारवाही गर्न माग गरेका छन ।
No comments:
Post a Comment