क्वालालम्पुर । रोजगारीको आर्कषक गन्तब्य मानिने मलेसिया पछिल्ला दिनमा
मृत्युभूमी बन्दै गएको छ । पछिल्ला महिनाहरु औसत दैनिक एक जना नेपालीको
काम गर्दागर्दा ज्यान जान थालेको छ ।
सुन्दर सपना साँचेर दुई चार पैसा कमाउने योजनासहित मलेसिया आएका १९
बषिर्य नेपाली युवक सुकबहादुर सम्बाहाम्फेको गत साता अस्पतालमै ज्यान
गएको छ ।
पाँचथर जिल्ला आगन गाविस वडा न ६ घर भएका सुकवहादुर आठ महिना अगाडि
मात्रै रोजगारीको लागि जोहोरको गेलनपत्तामा रहेको फलासटोनिक कम्पनीमा
आएका थिए । काम गरिरहेको अवस्थामा गएको फेवु्रवरी ६ तारिखका दिन उनी काम
गर्ने ठाउँमा ढलेका थिए । कम्पनीले सोहि वेला नै अस्पताल पुर्याएर उपचार
गरि फर्काएको थियो भने मार्चको २ तारिखका दिन नेपाल पठाउने तयारी
गरिरहेको थियो । तर अचानक उनलाई वढि वेथाले च्याप्न थालेपछि गत २७
तारिखका दिन जोहोरको सुल्तान अस्पतालमा आईसियुमा भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भएर उपचार गराईरहेको अवस्थामा मार्च ३ तारिखका दिन उनको
ज्यान गएको छ ।
अस्पतालले दिएको रिपोर्टअनुसार उनमा मुटुको समस्यादेखिएको थियो । हाल
उनको शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । मृतक सुकको परिवारमा वुवा आमा
भाई श्रीमति र आठ महिनाको छोरा छन ।
एक महिनासम्म पनि शव मलेसियामै
तारा घिमिरे
मलेसियामा सुतेकै अवस्थामा ज्यान गुमाएका एक नेपालीको शव एक महिना
वितिसक्दा पनि नेपाल जान सकेको छैन । जोहोरवारुको एसविएन इण्डटि्रजमा
कार्यरत गुल्मी जिल्ला पूर्तिघाट गाविस वडा न २ घर भएका वमवहादुर
दलार्मिको शव नेपाल जान नसकेको हो ।
गएको फेवु्रवरी ११ तारिखका दिन आफ्नो ड्युटी नभएका बेला साथीभाईसंग
गार्डहाउसमा वस्न गएको अवस्थामा उनको गार्ड हाउस भित्रै सुतेको अवस्थामा
ज्यान गएको थियो । पाँच महिना अगाडि मात्र तुलसी मेनपावरवाट उनी मलेसिया
आएका थिए । मृतकको परिवारमा श्रीमती वुवा, दुई भाई, एक वैनी रहेको
वुझिएको छ ।
मृतक दर्लामिको घरको आर्थिक अवस्था कमजोर भएकाले कम्पनीमा कार्यरत
साथीहरुले मृतकका परिवारका लागि आर्थिक सहयोग संकलन गर्ने कार्य भैरहेको
छ ।
मलेसिया आएको तीन महिनामै चार औंला गुमे
वाम तामाङ
रोजगारीको लागि मलेसियामा कार्यरत एक नेपाली श्रमिकले मलेसिया आएको तीन
महिनामै हाहिने हातका चारवटा औला गुमाउन पुगेका छन । इलाम चिसापानी ७
लुम्वास घर भई सेलाङरको सुगाईवुलोमा रहेको एक्स्ट्रा आईडिया कम्पनीमा
कार्यरत ४२ वषिर्य ललित राईले दाहिने हातका चारवटा औँला गुमाउन पुगेका
हुन ।
गएको फेवु्रवरी २६ तारिखका दिन साँझको करीव पौनै आठ वजेको समयमा काम
गरिरहेको अवस्थामा एक्कासि मेशिनमा हात पर्दा औंलाहरु मेशिनले काटिदिएको
हो । औलाहरु काटिनासाथ उनलाई नजिकैको सुगाईवुलो अस्पतालमा लगिएको थियो ।
पाँच दिनसम्म अस्पतालमा उपचारपछि हाल उनी होस्टलमा फर्किएका छन ।
तीन महिना अगाडि मात्रै उनी जानकी ओभरसिजमार्फत मलेसिया आएका थिए । उनको
परिवारमा एक छोरा,एक छोरी श्रीमति रहेको वुझिएको छ । इन्सोरेन्सको वारेमा
पहल भए/नभएको वारेमा आफुले कुनै जानकारी नपाएको ललितले वताएका छन ।
भेषबहादुरको मलेसियामै अन्त्येष्टी
मलेसियामा एक नेपालीको अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । रसुवा
जिल्ला डाडाँगाउ ७ सिरुचेत घर भई क्वालालम्पुरमा रहेको जे सेक्युरिटि
कम्पनीमा कार्यरत २६ वषिर्य भेषवहादुर तामाङको उपचारको क्रममा सुगाईवुलो
अस्पतालमा ज्यान गएको छ ।
ज्यान दुख्ने,ज्वरो आउने जस्तो लक्षणहरु वारम्वार देखिएपछि उनी नजिकैको
मेडिकलमा गएर जचाई औषधि खाँदै आईरहेका थिए । तर निको नभएपछि मेडिकलको
सल्लाह वमोजिम सुगाईवुलो अस्पतालमा गएका थिए । सुगाईवुलो अस्पतालमा उपचार
गराईरहँदा गत मार्च १ तारिखका दिन उनको ज्यान गएको हो ।
मृतकको शवलाई घर परिवारको सल्लाह वमोजिम शुक्रवार दिउँसो सुगाईवुलामा
अन्त्येष्ठि गरिएको छ । सात वर्ष अगाडि मलेसिया आएका भेषको परिवारमा
श्रीमति, वुवा, आमा र वैनी रहेको राजेन्द्र तामाङले नेपाली खवरलाई
जानकारी दिनुभयो ।
No comments:
Post a Comment