२९ फागुन, बुटबल । एसएलसी प्रथम श्रेणीमा पास भएपछि पुजा रानाले यहाँको
प्रतिष्ठित प्लस टुमा महँगो शुल्क तिरेर व्यवस्थापनमा 'प्लस टु' पढ्न
थालिन् । बाबु सानै उमेरमा बितेपछि छोरीको शिक्षादिक्षाकै लागि आमा
रोजगारीका लागि इजरायल गइन् । आमा विदेसिएपछि घरमा हजुरआमाको रेखदेखमा
बसेकी पुजा कक्षा १२ मा पुग्दा कुलतमा फसिन् ।
छोरीको पढाईकै लागि इजरायल हानिएकी आमाले पठाइदिएको पैसा पुजाका लागि
लागुपदार्थमा खन्याएपछि उनको भविष्य अँध्यारोतिर धकेलिएको छ । स्कूलमा
पढ्न गएकी नातिनीबारे धेरै सोधखोज नगर्ने हजुरआमाले केही समयअघि प्रहरीले
लागुपदार्थसँगै पक्राउ गरेपछि छाँगाबाट खसेझैं भइन् । अहिले पुजाको पढाई
कक्षा १२ मै रोकएकिो छ ।
बाबुआमा युके गएपछि हजुरआमाको रेखदेखमा 'प्लस टु' पढ्दै गरेकी दीक्षा
सारुले पनि पढाई पूरा गर्न सकिनन् । युकेमा रहेका बाबुआमा, अस्ट्रेलियमा
रहेका दाजु अहिले उनीसँग टाढिएका छन् ।
बाबुआमाको रेखदेख अभावमा किशोर-किशोरी लागुपदार्थको कुलतमा फस्ने क्रम
दिनप्रतिदिन बढिरहेको मंगलबारको नागरिकमा खबर छ । केही वर्ष अघिसम्म
किशोरमात्रै लागुपदार्थको कुलतमा फस्दै आएकोमा अहिले किशोरीको संख्या पनि
बढिरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment