अधिकारकर्मीलाई थुनियो
२८ फागुन, क्वालालम्पुर । मलेसियाको मुहारमा रहेको एक फर्निचर कम्पनीमा
कार्यरत नेपाली युवालाई बुबाको मृत्युका बेलासमेत कम्पनीले घर फर्किन
नदिएपछि कामदार आन्दोलित बनेका छन ।
बुबाको मृत्यु भएकाले काज किरियाका लागि नेपाल जान पाउँ भन्दै
ब्यबस्थापनसँग निबेदन दिएपनि कम्पनीले उल्टै दुई हजार रिंगेट मागेको थियो
। त्यतिमात्र हैन,काम गर्दागर्दै हातका चारवटा औंला गुमाएका अर्का नेपाली
श्रमिकलाई इन्सुरेन्सवापतको रकम दिन इन्कारगरेका थिए ।
कम्पनीको ज्यादतीबिरुद्ध नेपाली श्रमिकहरु आन्दोलित भएपछि नेपाली
श्रमिकको हितमा काम गरिरहेको जिफण्ट मलेसियाका प्रतिनिधि उद्योगमा पुगी
संचालकसँग वार्ता गरि समस्या समाधान गरेका छन ।
वार्ताका क्रममा कम्पनी संचालकले बुबा बितेका श्रमिकलाई नेपाल जान दिन
सहमत भए इन्सुरेन्सवापतको रकम पनि तत्कालै दिन सहमती जनाएका थिए । उनले
औंला काटिएका श्रमिकलाई १२ हजार रिंगेट क्षतिपूर्ति दिने वचन दिएको
वार्तामा सहभागी बेदकुमार खतिवडाले अनलाइनखबरलाई बताए ।
अधिकारकर्मी र संचारकर्मीलाई थुनियो
त्यसअघि वार्ताका लागि कम्पनीमा पुगेका श्रमिक अधिकारका लागि लडिरहेका
जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतिवडा, जीफण्ट मलेसियाका उपाध्यक्ष
राज तामाङ र समाचार संकलनका लागि पुगेका अनलाईन खवर डटकमका मलेसिया
संवाददाता रामचन्द्र नेपाललाई कम्पनी मालिकले प्रहरी लगाई थुनाएको थियो ।
उनीहरुलाई सुरुमै पुलिस बोलाएर चौकी लगि थुनिएको थियो । अनुसन्धानका लागि
भन्दै करिव ६ घण्टा थुनेपछि प्रहरीले उनीहरुलाई रिहा गरेको थियो ।
खानतलासीका क्रममा बेदकुमारसँग अलजजिराले श्रमिकका दुःख पीरसम्बन्धी
बनाएको डकुमेन्ट्रीको सीडी, मलेसिया ट्रेड युनियन, जिफण्ट, टिम्वर
एसोसियसनलगायतसँग सम्बद्धता रहेका कागजपत्र देखेपछि उनीहरुले
अधिकारकर्मिहरुको गलत नियत नभएको भन्दै माफी मागेर छाडिदिएका थिए ।
स्थानीय प्रहरी अधिकारीले कम्पनीसँग छलफलका लागि आउँदा पहिले आफुलाई खवर
गर्नुपर्ने भन्दै आगामी दिनमा पहिले पुलिसलाई खवर गरि वार्तामा बसे
समस्या नहुने आश्वस्त पारेका थिए । उनीहरुले नेपाली श्रमिकका समस्या
समाधान गर्ने प्रयासको प्रसंसा गर्दै रिहा गरेर पुनः कम्पनीमा
पुर्याइदिएका थिए । त्यसलगत्तै कम्पनी संचालकसँग वार्ता भएको थियो ।
source OnlineKhabar.com
No comments:
Post a Comment