२१ फागुन, काठमाण्डौं । विदेशी भूमिमा काम गर्न पुगेका नेपाली युवतीहरु
विदेशीसँगै आफन्तबाट समेत शोषित हुने गरेको तथ्य खुलेको छ । विदेशीबाट
चरम शारीरिक तथा मानसिक शोषणमा परेपछितिनीहरुलाई उद्धार गर्ने बहानामा
नेपाली दाजुभार्यबाटै पीडित हुने गरेको तथ्य बाहिर आएको हो ।
दुवईमा अलपत्र परेका र राजदूतावासको शरणमा पुगेका नेपाली युवतीमध्ये
आधाभन्दा धेरै त्यही काम गरेर बसेका नेपाली युवाहरुबाटै पीडित भएको
पाइएको छ ।
राजदूतावास स्रोतका अनुसार २०६६ कात्तिकदेखि फागुन दोस्रो सातासम्म
दूतावासले १ सय ५१ युवतीको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये
धेरैमहिला नेपाली युवाहरुको सम्पर्कमा पुग्ने र तिनै युवाहरुको उक्साहटमा
लागेर काम गरिरहेको ठाउँ छाडी उनीहरुसँग बेपता हुने गरेको र अभर परेपछि
मात्रै दूतावासको शरणमा आउने गरेको नेपाली दूतावासका उपनियोग प्रमुख दीपक
अधिकारीले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ।
No comments:
Post a Comment