३० फागुन, काठमाडौं । एक महिना लामो कसरतपछि बहालवालाप्रधानन्यायाधीश
खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने ११
बुँदे सहमतिपत्रमा दलका नेताहरुले हस्ताक्षर गरेका छन् । सहमति अनुसार
रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बन्नुहुने भएको छ ।
संविधानमा प्रधानमन्त्रीले गर्ने काम अध्यक्षले गर्नुहुने भएको छ ।
मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति गर्ने अधिकार अध्यक्षलाई दिइएको छ
। तर, निजामती सेवाका अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीहरुबाट
मन्त्री बनाइने भएको छ । अन्तरिम सरकारले नयाँ संविधानसभाको दोस्रो चुनाव
आगामी असार ७ भित्र गर्ने सहमतिमा उल्लेख छ । तर, असारमा चुनाव नभए
मंसिरसम्मको म्याद थप्न पाउने अधिकारसमेत रेग्मी सरकारलाई प्रदान गरिएको
छ ।
राजनीतिक दलहरुको सहमतिपत्रमा बहालवाला प्रधानन्यायधीशले चुनाबी मन्त्री
परिषद्को अध्यक्षता गर्ने र सरकारको प्रमुख जिम्मेवारी निर्वाचन गर्नु
रहेको उल्लेख छ । संविधानतः मन्त्रिपरिषद्ले सबै बाम गर्ने 'तर
दीर्घकालीन प्रकृतिका कामहरु अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्ने छैन
।'- सहमतिपत्रमा भनिएको छ ।
बुधबार दिनभरि बसेको प्रमुख तीनदल र मधेसी मोर्चाको बैठकले राति १०
बजेपछि ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि रेग्मी सरकार गठनको बाटो
खुलेको हो ।
No comments:
Post a Comment