Wednesday, March 13, 2013

४६ वर्षीया महिलामाथि सामूहिक बलात्कार

कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन ३० - माइत आएकी एक महिला सोमबार राति
वीरेन्द्रनगर, कालागाउँमा सामूहिक बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न
भएको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। ४६ वर्षीया दलित महिला
राति करिब १० बजे सामूहिक बलात्कारको शिकार भएकी हुन्।
माइतीको छिमेकमा विवाह हेर्न गएको बेला पाँच/छ जनाकोसमूहबाट उनी बलात्कृत
भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले बताए।
महिलालाई कालागाउँको मित्रटोल नजिकै जङ्गलमालगेर बलात्कार गरिएको उनको
भनाइ छ। 'जङ्गलमा महिला चिच्याएको आवाज आएपछि गाउँलेहरु गएर उद्धार गरे,'
उनले भने, 'उनलाई विवाह हेर्न आएका युवाहरुले बलात्कार गरेको प्रारम्भिक
अनुसन्धानबाट खुलेको छ।' शंकास्पद व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान
भइरहेको उनले बताए।
डोटी घर भएकी ती महिला साताअघि माइत आएकी थिइन्। प्रहरीले घटनास्थलबाट
च्यातिएका कपडा, भित्री बस्त्र फेला पारेको छ। घटनास्थलको प्रकृति हेर्दा
महिलाले आफ्नो इज्जत बचाउन धेरै संघर्ष गरेजस्तो देखिन्छ,' एक प्रहरी
अधिकृतले भने, 'घटनास्थलमा चुराहरु फुट्नुका साथै कपडा च्यातिएको
अवस्थामा भेटिएका छन्।'
पीडित महिलाका आफन्तले जङ्गलमा चिच्याएको आवाज आएपछि घटनाबारे थाहा पाएको
बताएका छन्। 'सबै विवाहमा रमाइलो गर्दै थिए,' एक आफन्तले भने, 'घरमा
सुत्न जाने बेला केटाहरुले अपहरण गरी जङ्गलमा लिएर इज्जत लुटेछन्।'
महिलाका पाँच छोराछोरी छन्।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment