२० फागुन, काठमाण्डौं । रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरियामा
काम गरेर बैधानिक रुपमा फर्किएका कामदारका लागि पुनः भाषा परीक्षा
सञ्चालन हुने भएको छ ।
ईपीएस अन्तर्गत सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रुपमाले
नेपाल फर्किएका कामदारले सो परीक्षामा सहभागी हुन पाउने बताइएको छ ।
ईपीएस शाखाले सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी गराएको हो । ईपीएस
शाखाका अनुसार कोरियन भाषा परीक्षामा सामेल हुनका लागि २३ देखि २५
फागुनसम्म फारम भर्ने समय दिइएको छ ।
श्ाखाका अनुसार भाषा परीक्षा आगामी १४ चैतमा हुनेछ । ईपीएस कोरिया शाखाका
निर्देशक नारायाणबहादुर थापाले यस बर्ष करिब ५ देखि ७ सयजनाले पुनः भाषा
परीक्षा दिने अपेक्षा गरिएको बताए । सन् २०१३ मा तीन चरणमा गरी पुनः भाषा
परीक्षा हुने जानकारी गराउँदै थापाले भने, 'अहिले पहिलो चरणको परीक्षा
हुन लागेको हो,' राजधानी दैनिकमा खबर छ ।
चैत १४ बाट सुरु हुने परीक्षाको नतिजा ३० चैतमा प्रकाशन हुने सो शाखाले
जनाएको छ । कोरियाले ईपीएस कोटामा नेपालसहित विभिन्न१५ मुलुकबाट कामदार
लिने गरेको छ ।
No comments:
Post a Comment