Sunday, March 10, 2013

पृथ्वी ‼ हजार वर्ष यताकै बढि तातो

पृथ्वीको तापक्रम एघार हजार तिन सय वर्ष यताकै सबैभन्दा उच्च रहेको तथ्य
वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । साथै वैज्ञानिकहरुले पृथ्वी तात्ने
दर पनि निकै उच्च गतिमा बढिरहेको निष्कर्ष निकालेका छन् ।
विश्वका विभिन्न देशका ७३ सहरमा तापक्रमको आँकडालाई विश्लेषण गरी यो
निष्कर्ष निकालिएको हो । वैज्ञानिकहरुले हिमयुग देखि वर्तमान सम्मको
हजारौँ वर्षको पृथ्वीको तापक्रमको नयाँ सूचि पनि तयार गरेका छन् ।
उनीहरुले भनेका छन् पृथ्वी पछिल्लो ‼ हजार ३ सय वर्षको अधिकांस समयमा जति
तातो थियो त्यो भन्दा अहिलेको तापक्रम निकै बढि छ ।
अध्ययनकर्ता टोलीका प्रमुख अमेरिकाको ओरेगन विश्वविद्यालयका शन मारकोटका
अनुसार पृथ्वीको दक्षिणी गोलार्ध भन्दा उत्तरी गोलार्धमा तापक्रम वृद्धि
बढि भएको छ । बढि जमिन तथा जनसंख्याका कारण यस्तो भएको हो ।
वैज्ञानिकहरुले औद्योगिकरणसँगै हरितगृह ग्यास उत्सर्जन बढिरहेको हुँदा
पृथ्वीको तापमान बढिरहेको बताएका छन् । जलवायु परिवर्तन तथा उष्णकिरणका
कारण विभिन्न खालका प्राकृतिक विपत्तिहरुमा समेत वृद्धि भएको बताइएको छ ।
पछिल्लो अध्ययन प्रतिवेदन चर्चित साइन्स जर्नलमा छापिएको छ ।

No comments:

Post a Comment