Sunday, March 10, 2013

सूर्यमा अकल्पनीय घटना हुँदै !

अमेरिकी अन्तरीक्ष संस्था नासाले सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको
बताएको छ । यो वर्ष सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको
उच्चतम विन्दुयुक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै
नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी दिएको छ

सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या सन् २०११ यता कम हुँदै गएको र
सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित बन्दै गएको नासाले जनाएको छ ।
उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको आन्तरिक संरचनामा कममात्रै
गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला सूर्यमा धेरै धब्बा
देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो ।
यद्यपि कतिपय खगोलविद्हरुले भने सूर्यको आन्तरिक गतिविधि तथा त्यसको
बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको संख्यात्मक अवस्था घटबढ
भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् । यसअघि सन् १९८९ र २००१ मा
पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला सौर्यधब्बाहरुमा घटबढ
देखिएको थियो ।
सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र त्यसपछि घट्दै जानु पनि त्यस्तै
नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको ठहर छ । त्यसैले यो वर्ष सन्
२०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र सन् २०१४ सम्म रहने अनुमान
उनीहरुको छ ।
तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले सूर्यको गतिविधि तुलनात्मक
रुपमा किन सुस्ताएकोहो ? भन्ने कुराको एकिन जवाफ प्राप्त हुन सकेन ।
कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य सुस्ताउनु वा शान्त रहनुलाई
भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक सौर्यज्वालाको संकेतको रुपमालिएका
छन् । – एजेन्सीको सहयोगमा

No comments:

Post a Comment