Sunday, March 10, 2013

दाउरा बेच्ने माओवादीका अहिले बंगला घर छन् : विष्ट

२७ फागुन, दाङ । एकीकृत माओवादीका नेता लोकेन्द्र विष्ट मगरले
पार्टीभित्र अनियमितता भएको भन्ने हल्ला केही हदसम्म सत्य भएको स्वीकार
गर्नु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले आइतवार विहान घोराहीमा
गरेको पत्रकार भेटघाट कार्यक्रममा विष्टले बाहिर आएजति नभएपनि नेता
कार्यकर्ताहरुको सम्पत्ति छानविन गर्दा अस्वभाविक रुपमा सम्पत्ति वढाएको
पाइएको वताउनुभयो ।
पार्टीभित्रको नेताको सम्पत्ति शुद्धिकरण गर्न गठित छानविन समितिका सदस्य
समेत रहेका विष्टले माओवादी नेता आयोगले केन्द्र, राज्य, जिल्ला र
स्थानिय तह सम्मका नेता कार्यकर्ताहरुको सम्पत्ति छानविन गरी अनियमितता
गरेका नेता कार्यकर्ताहरुलाई कारवाही गर्न सिफारिस गरिएको वताउनुभयो
।विष्टले दाउरा वेचेर जीवन चलाउने कार्यकर्ताहरुको अहिले ४-५ तला सम्मका
भवन वनाएको र केन्द्रीय नेताहरुको जीवनशैलीमा पनि अस्वभाविक परिवर्तन
भएको पाईएको जानकारी दिनुभयो ।
उहांले पार्टी भित्र देखिएका आशंकाहरुको अन्त्यगर्न छानविनलाई अझै सशक्त
वनाउन आवश्यक रहेको वताउनुभयो ।उहाँले प्रधानन्यायाधीश खिलराज रेग्मीको
नेतृत्वमा चुनावी सरकार गठनका लागि काँग्रेस र एमाले बाधक बनेको आरोप
लगाउनु भएको छ ।विष्टले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन नभए
संविधानसभा पुनःस्थापना गरेर भएपनि संविधान जारी गर्नु पर्ने वताउनुभयो ।
बिष्टले प्रधानन्यायाधीशमा कुरा नमिले आफूहरुसंग संविधान सभा पुनःस्थापना
वा सडक संघर्ष दुईमात्रै विकल्प रहेको वताउनुभयो ।

No comments:

Post a Comment