Tuesday, March 12, 2013

दैनिक विदेश जाने युवाको संख्या पन्ध्र सय !

२९ फागुन, काठमाण्डौं । रोजगारीका लागि विदेसिने युवाको संख्या दिन दिनै
बढिरहेको छ । देशका आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा अधिकांश युवाहरु
वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएअनुसार आव २०६२/६३ मा दैनिक ५
सयको हाराहारीमा युवाहरु काम खोज्दै विदेश जाने गरेका थिए । तर पछिल्ला
वर्षहरुमा दैनिक १ हजार ५ सयभन्दा बढी युवायुवतीहरु वैदेशिक रोजगारीमा
जान बाध्य भएका छन् । विभागका अनुसार आर्थिक बर्ष २०६२/६३ मा १ लाख ६५
हजार २ सय ५२ युवाहरु वैदेशिक रोजगारीमा गएका थिए । तर त्यसको ७ बर्षपछि
विदेश जाने युवाहरुको संख्या झन्डै तीन गुणाले बढेको छ । विभागका अनुसार
चालू आर्थिक बर्षको सात महिनामा २ लाख ११ हजार ९ सय ७ र गत आर्थिक बर्ष
२०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना वैदेशिक रोजगारमा पुगेको खबर नेपाल
समाचारपत्रले छापेको छ ।
विभागका अनुसार स्वदेशमा रोजगारी सिर्जना हुन नसकेपछि काम खोज्दै ३८
लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा पुगिसकेका छन् ।

No comments:

Post a Comment