Saturday, January 12, 2013

दैलेखका माओवादी जंगल पस्न थाले

२८ पुस, काठमाडौं । पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा चार माओवादी
र एक एमाओवादी कार्यकर्ता पक्राउ परेपछि दैलेख जिल्लाका माओवादी
कार्यकर्ताहरु धमाधम भूमिगत हुन थालेका छन् । 'दैलेखको नौमुले इलाकामा
अहिले कोही पनि माओवादी कार्यकर्ता घरमा छैनन्, जंगलमा छन् । उनीहरु
भूमिगतहुनुपर्ने बाध्यता छ ।'- दैलेखका माओवादी इञ्चार्ज रामलाल बिकले
भने ।
दैलेख घटनाबारे वैद्यपक्षीय माओवादीको जिल्ला संगठन कमिटीले शनिबार बिहान
माओवादीको महाधिवेशनस्थलमै पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
सम्मेलनमा बिकले भने-'हाम्रा कार्यकर्ता पक्राउ गरिएको नौमूले इलाकाको
स्थिति सामान्य छैन, जिल्ला सदरमुकाममै पनिहाम्रा साथीहरु लुकी लुकी
हिँड्नुपर्ने अवस्था आएको छ, यो घटनाले शान्ति सम्झौता भंग गरी मुलुक
द्वन्द्वतिर धकेलिएको संकेत गरेको छ ।'
वैद्यपक्षीय माओवादीको पत्रकार सम्मेलनमा वितरित विप्तिमा भनिएको छ-पूर्व
सभासद् भरतकुमारी रेग्मीको घर घेरा हाली कामरेडहरुलाई गिरफ्तार गर्नु,
दैलेख सदरमुकाममा अघोषित कफ्र्यु लगाई आतंक सिर्जना गर्नु र नौमुले
इलाकामा सिभिल प्रहरी र भिजिलान्ते प्रयोग गरी हाम्रा कार्यकर्तालाई घरमा
बस्न नसक्ने वातावरण सिर्जना गर्नुले सरकारले शान्ति सम्झौता भंग गरेको
मात्र होइन, द्वन्द्वको शुरुवात गरेको स्पष्ट हुन्छ ।' वैद्यपक्षीय
माओवादीका दैलेख सेक्रेटरी गंगाबहादुर घर्ती-गजेन्द्र राई)द्वाराजारी
विज्ञप्तिमा डेकेन्द्रका हत्या आरोपीको वयान सार्वजनिक भएकोमा आपत्ति
जनाइएको छ । 'गिरफ्तार व्यक्तिले दिएको वयान भनेर सञ्चार माध्यममा प्रचार
गरी गोपनीयता भंग गरिनुका साथै न्याया विपरीत कार्य गरिएको छ र ती
व्यक्तिले मिडियामा आएजस्तै वयान दिए नदिएको विश्वसनीताको कुनै आधार छैन
।'-वक्तव्यमा भनिएको छ ।
डेकेन्द्र हत्याबारे प्रचण्डलाई सोध्नोस्
पत्रकार थापाको हत्या कसले र किन गरेको भन्ने पत्रकारको प्रश्नमा
इञ्चार्ज बिकले भने,-'यसबारे मलाई अधिकार छैन, प्रचण्ड र बाबुरामलाई
सोध्नोस् ।' द्वन्द्वकालमा १४ हजार मानिसको हत्या भएकाले सबैका बारेमा
सत्य निरुपण तथा मेलमिलाप आयोग बनेपछि डेकेन्द्रका बारेमा पनि त्यहीँ
कुरा आउने उनले बताए ।
source OnlineKhabar.com

No comments:

Post a Comment