२८ पुस, काठमाडौं । वैद्यपक्षीय नेकपा माओवादीको महाधिवेशनमा सुरक्षाको
जिम्मा लिएका लडाकूहरुले १३ सय थान मोबाइल कब्जामा लिएका छन् ।
शनिबार बिहानै प्रज्ञा प्रतिष्ठानको गेटमा तैनाथ माओवादी युवाहरुले
महाधिवेशनका लागि गेटभित्र प्रवेश गर्न लागेका प्रतिनिधि,
पर्यवेक्षकहरुलाई ठूलो-ठूलो स्वरमा भनिरहेका थिए- मोबाइल भित्र लान
पाइन्न है, भित्र लगेमा कब्जा गरिने छ र हरायो भनेर गुनासो गर्न पाइने
छैन ।' प्रत्येक व्यक्तिको साथमा रहने मोबाइल थन्क्याउने ठाउँ नपाएपछि
केही कार्यकर्ता छेउको चिया पसलमा मोबाइल राखिदिन आग्रह गरिरहेका
भेटिन्थे ।
यसैवीच एमालेनिकट अनेरास्ववियूकी केन्द्रीयनेता नवीना लामाका पिता माणिक
लामाको मोबाइल शनिबार बिहान माओवादी कार्यकर्ताले कब्जामा लिएका छन् ।
'मेरो मोवाइल साथीहरुले कब्जामा लिए, आज फिर्ता पाइन्न भनेका छन्, मोबाइल
खोसिनेमा म १३ सय नम्बरमा परेंछु ।'- प्रज्ञा भवनको गेटैभित्र लामा
गुनासो गरिरहेका थिए । काभ्रेको मानदकुँडारी निवासी लामा जनमोर्चाका
तर्फबाट पूर्व गाविसअध्यक्ष समेत हुन् । वीचमा एमाले र मालेमा प्रवेश
गरेका लामा वैद्यपक्षीय माओवादीको महाधिवेशनमा पर्यवेक्षककारुपमा सहभागी
छन् । लामाकी छोरी नवीना भने भर्खरै विघटन भएको एमाले समर्थित
अनेरास्ववियूकी केन्द्रीयउपाध्यक्ष हुन्
source OnlineKhabar.com
No comments:
Post a Comment