Saturday, January 12, 2013

विदेशमा वर्षमा ८ सय ३४ कामदारले ज्यान गुमाउँछन्

२८ पुस, काठमाण्डौं । वैदेशिक रोजगारका लागि खाडी तथा मलेसियामा कार्यरत
८ सय ३४ नेपाली कामदारको एक बर्ष अवधिमा व्यवसायजन्य सुरक्षाको अभावले
मृत्यु हुने गरेको छ । खाडी तथा मलेसियास्थित नेपाली दूतावासको रेकर्ड
अनुसार सन् २०१२ मा यति धेरै नेपाली कामदारको ज्यान गएको हो ।
दिनभर काम गरेर क्याम्पमा फर्केका कामदारलाईभोलीपल्ट विहान मृत अवस्थामा
फेला पर्ने स्थिति डरलाग्दो रहेको दूतावासको तथ्यांकले जनाएको छ ।
त्यसपछि ट्राफिक दूर्घटना, आत्महत्या र कार्यस्थलमा मृत्यु छन् ।
साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले २०१२ मा दुई सय ८३ जना नेपाली
कामदारको शव पठाउन 'नो अव्जेक्सन सर्टिफिकेट' जारी गरेको बताए । 'हामीले
बहराइन, ओमन र साउदी गरी दुईसय ८३ जना नेपालीको शव पठाउन कम्पनीलाई
अनुमति दिएका छौं,'उनले भने ।
बहराईनमा १५ र ओमनमा ८ जनाको मृत्यु भएको कान्तिपुरमा खबर छ ।

No comments:

Post a Comment