सिरहा, पुस २७ - अज्ञात ब्यक्तिले सारस्वर-७ मा एक बिपन्न परिवारलाई घरमा
सुतिरहेको अबस्थामा बुधवार राती आगो लगाएर जलाउने प्रयास गरेको दावी
गरिएको छ । आगलागीबाट आमा छोरा दुवै घाइते भएका छन् ।
सारस्वर ७ की प्रमिलादेवी मण्डल र उनका ८ बर्षिय छोरा रोहित मण्डललाई
जलाउने प्रयास भएको आमा प्रमिलालेबताएकी छन् । आगलागीबाट उनीहरुको अनुहार
तथा शरीरका बिभिन्न भाग जलेको छ । उनीहरुलाई उपचारका लागि बीपी कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय
सिरहाले जनाएको छ ।
पति, सासुससुराको समेत मृत्यु भइसकेको र छोरासंगैउनी जीवन बिताइरहेकी छन्
। धरान लैजानुअघि प्रमिलाले बिहीबार आफू सुतिरहेको अबस्थामा अचानक
झ्यालबाट भाटामा आगो लगाएर फ्याकेपछि छोरालाई जोगाउन समातेर ढोका खोल्न
पुगेको तर बाहिरबाट ढोका थुनिएकाले बाहिर निस्कन नसकेको बताइन् ।
फुसको घरमा बाँसको टाटमा झयाल जस्तो राखेको दुलोबाटहात घरभित्र छिराएर
अनुहारमा आगो लगाएको उनले बताइन् । प्रमिलाले घट्ना विवरण सुनाउँदै गर्दा
जिल्ला अस्पताल सिरहामा अचेत भएकी थइनि् ।
प्रमिलाका छिमेकी रामे भण्डारीले घरमा आगो लागेकोदेखेर गाउँमा हल्ला
भएपछि आफूहरु निभाउन गएको बताए । आगो निभाउन जाँदा घरभित्र आमाछोरा
हुनसक्ने भनेर आफूहरुले घरको टाट काटेर उनीहरुलाई जलेको अबस्थामा
निकालेको भण्डारीले बताए ।
भण्डारीले आमाछोरा सुतेको घर फुसको भएकोले उनीहरु घरमा आगोसमेत नबालेकोले
कसैले आगो लगाएको हुनु पर्ने बताए । आगो निभाउने क्रममा उनको घर
क्षतिग्रस्त भएको छ । गाउँलेहरुले आगलागी कसरी भएको भन्ने बारे जानकारी
नभएको बताएका छन् ।
प्रमिलाकी देवरानी राधादेवी मण्डलले घरमा आगोलागेपनि कसैलाई गुहारेको
नसुनेको र बालक रोहितले पनि रोएकोसम्म नसुनेको बताए । उनले गाउँलेले आगो
लागेको हल्ला गरेपछि मात्रै जानकारी पाएको बताए। स्थानीय कुसेस्वर
मण्डलले आगो कसरी लाग्यो भन्ने बारे कसैलाई जानकारीनभएको बताएका छन् ।
स्थानीय बिसेस्वर मण्डलकी पत्नीले यो टोलमा आफू मात्रै प्रमिलाको घरमा
जानेआउने गरेको र अन्य छिमेकीसंग उनको मनमुटाब रहेको बताइन् । प्रमिलाले
आफ्नो छोरा रोहितलाई बेस्सरी कुट्ने गरेको कारणदेवरानी लगायत छरछिमेकसंग
समेत समय समयमा झगडा भइरहने गरेको बताइन् ।
स्थानीय प्रहरी चौकी बेल्हाका प्रहरी सहायक निरीक्षक विजय कुमार कापरीले
आफूले घटनास्थलको अबस्था मूल्यांकन गरेर हेर्दा बाहिरबाट कसैले आगोलगाएको
नदेखिएको र सोही अनुसार घटनास्थल मुचुल्का बनाएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत राजकुमार शाहीले
जिल्लाबाटसमेत घटना अनुसन्धानका लागि खटिगएको टोलीले घरमा नै चिसो छल्न
बालेको आगोबाट आगलागी भएकोहुनसक्ने जानकारी दिएको बताए ।
No comments:
Post a Comment