२८ पुस, डोटी । डोटीमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको
संख्या ३० पुगेको छ । १३ जना घाइते भएका छन् । अछामको जैगडबाट कैलालीको
टीकापुरका लागि छुटेको कर्णालि रिभरको ना ४ ख ३६०३ नम्बर को बस डोटी
छतीवन गाबिसको रुपसकाँडामा दुर्घटना २२ पुरूष, ७ महिला र एक बालकको
मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका असर्इ नरबहादुर ऐरले जानकारी
दिनुभयो । मृतकको परिचय खुल्न सकेको छैन् ।
दुघटनामा घाइते भएका मध्ये १२ जनालार्इ प्राथमिक उपचार गरी थप उपचारका
लागी कैलाली रिफर गरिएको छ ।
बस बुडर बजारबाट ७ किलोमिटर टाढा रुपसकाँडा राती साढे २ बजे दुर्घटना
भएको हो । बस सडक बाट ३ सय मिटर तल खसेको छ । सडकमा परेको तुसारोमा
चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
No comments:
Post a Comment