२३ पुस, रूकुम । रूकुममा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका
कार्यकर्ताबीच झडप भएको छ ।काँग्रेसले कार्यकर्ता हत्याको विरोधमा जिल्ला
बन्द गरेपछि दुर्इ पक्षका कार्यकर्ताबीच झडप भएको हो । बन्दको बेला गाडी
चलाउने विषयलार्इ लिएर भएको बिवादमा झडप भएको र केही कार्यकता घाइते भएको
प्रहरीले जनाएको छ ।
एक हप्ताअघि पुस १६ गते कांग्रेसका दुलीगाउँ इकाई समिति सभापति कविराम
खत्रीको शव जंगलमा भेटिएपिछ काँग्रेसले हत्याको माओवादी कार्यकर्ता
जिम्मेवार भएको आरोप लगाएको छ। दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै शव
सातौँ दिनसम्म पनि उठाइएको छैन, शव अहिले पनि अस्पतालमै छ। खत्री १३ गते
बेपत्ता भएका थिए भने उनको तीनदिन पछि १६ गते जंगलमा शव भेटिएको थियो।
No comments:
Post a Comment