२४ पुस, काठमाडौं । नेकपा एमालेले देशभर भइरहको महिला हिंसाविरुद्ध पुस
२६ गते राजधानीमा बृहत प्रदर्शन गर्ने भएको छ ।
उपत्यका विशेष समन्वय कमिटी र सम्पर्क विशेष समन्वय कमिटीको मंगलबार
बसेको बैठकले श्रृखलावद्ध रुपमा महिलामाथि भइरहेको हिंसाविरुद्ध
राजधानीको शान्ति बाटिकामा प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शनमा
काठमाडौं, भक्तपुर र ललितपुरका साथै सम्पर्क विशेष समव्य कमिटी मातहतका
नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।
एमालेले महिला हिंसाका घटना रोक्न र पीडितको क्षतिपूर्ति र उपचारमा सरकार
उदासिन भएको भन्दै आपत्ति जनाएको छ ।
No comments:
Post a Comment