२३ पुस, काठमाडौं । काठमाडौंमा सोमबार सन् २००८ पछि पहिलो पटक
तापक्रममाइनसमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार
सोमबार बिहान काठमाडौंको तापक्रम माइनस शुन्य दशमलव ७ डिग्रीसेल्सियस
मापन गरिएको छ ।
वरिष्ठ मौसमविद राजेन्द्र श्रेष्ठका अनुसार सन् २००८ यता हिउँदमा तापक्रम
माइनसमा झरेको थिएन । 'सन् २००८ पछि तापक्रम माइनसमा पुगेको छ' उहाँले
भन्नुभयो–'यो अझै बढ्न सक्छ ।' सन् २००८मा काठमाडौंको तापक्र माइनस ०
दशमलव २ मापन गरिएको थियो ।
वरिष्ठ मौसमविद श्रेष्ठका अनुसार अझै तापक्रम घट्न सक्छ । डिसेम्बर यता
पानी नपरेको र तराई बाहेकका क्षेत्रमा मौसम सफा रहेकाले तापक्रम घढ्ने
क्रममा चलिरहेको छ ।
काठमाडौंमा सबैभन्दा चिसो भने सन् १९७८ जनबरी ११ मा थियो । उक्त समयमा
माइनस ३ दशमलव ५ डिग्रीमा झरेको थियो ।
No comments:
Post a Comment