२९ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाउँका जाली
फटाहाले हिजोआज शहर पसेर दुःख दिन थालेकाले उनीहरुबाट सबैले सतर्क
बन्नुपर्ने बताउनुभएको छ ।
लमजुङ जिल्लाको भलायखर्क- ८, बोराङमा अवस्थित महेन्द्र वालविकास माविको
३७ औं वाषिर्कोत्सवमा आइतबार प्रमुख अतिथि बन्नुभएका भट्टराईले भन्नुभयो-
'फटाहाहरुको चालबाजी बुझ्न जरुरी छ, हिजो गाउँमा जालसाजी गर्नेहरु शहरका
महलमा थुपि्रएका छन् । अनेक जालझेल गरेर यिनीहरुले जनताको अधिकार
खोस्छन्, हामी सतर्क हुनुपर्छ ।'
विपक्षीहरुले सरकारको आलोचना तीव्र पारिरहेकै बेला लमजुङ पुगेका
प्रधानमन्त्री भट्टराई पनि विपक्षीहरुप्रति उस्तै कडारुपमा प्रस्तुत
हुनुभएको छ । 'जनयुद्धमा मारिएका १५ हजारमध्ये १२ हजार कांग्रेस, एमालेका
पालामा मारिएका हुन् । टाउको काट्नेलाई ५० लाख दिने घोषणा गर्नेहरु
अहिलेसम्म शीर ठाडो पारेर हिँडिरहेका छन्, यिनीहरुलाई मुद्दा हाल्यो भने
एमाले कांग्रेसका कोही पनि बाँकी रहँदैनन् ।' प्रमले प्रश्न
गर्नुभयो-'तपाईहरुले के चाहेको हो ?' माओवादीले गरेको बलिदानलाई विर्सिएर
हत्यारा भनिन्छ भने सैहृय नहुने उहाँको भनार्इ थियो ।
अहिलेको अवस्थामा एकले अर्काप्रति बदलाको भावना लिने नभई मेलमिलापका
आधारमा अघि बढ्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । सरकारले सत्य निरुपण
एवं मेलमिलाप आयोग गठनका लागि साउनमै ऐन बनाउनखोज्दा पनि रोकेर राखिएको
भन्दै प्रधानमन्त्रीले केहीलाईमात्रै मुद्दा चलाएर समस्या समाधान नहुने
बताउनुभयो । 'हामी गरिखाने वर्गलाई ज्यानको डर हुँदैन,हामी हिम्मत हारेर
भाग्नेवाला छैनौं, जबसम्म जनताको पूर्ण मुक्ति हुँदैन, हामी सन्तोषको सास
फेरेर बस्दैनौं । प्रधानमन्त्रीले भन्नुभयो-'जुनसुकै पेशा गर्नेहरुलाई
पनि आफ्नो ज्यान प्यारो हुन्छ । तर, आफूलाई मन परेकोलाई मात्रै च्यापेर
हिँड्नु न्यायसंगत हुँदैन । हामी हात जोडेका जोड्यै छौं, सत्य निरुपण तथा
मेलमिलाप आयोग बनाउन ऐन बनाऔं र दोषी भेटिए नयाँ कानूनअनुसार कारवाही
गरौं ।'
संसारमा कहीँ पनि मान्छेहरु सहित नभई लोकतन्त्र र परिवर्तन नआउने
प्रधानमन्त्रीले बताउनुभयो । नेपालमा लोकतन्त्र आए पनि पुरानो संरचनामा
परिवर्तन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
जिद्दी नगर्न विपक्षीलाई आग्रह
प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुलाई जसरी सरकारको नेतृत्व चाहियो
भनेर जिद्दी नलिन आग्रह गर्नुभएको छ । एमाओवादी पार्टीमा विभाजन आए पनि
अहिले पनि आफ्नो पार्टी नै सबैभन्दा ठूलो भएकाले चुनाबी सरकारको नेतृत्व
आफ्नै दलले गर्न पाउनुपर्ने उहाँले बताउनुभयो ।
सरकार बनेको १६ महिनासम्म बजेट ल्याउन नदिएकाले गाउँको विकास गर्न
नसकिएको भन्दै प्रधानमन्त्री भट्टराईले विपक्षी दललाई लक्षित
गर्नुभयो-'सयौंवर्ष लगाएर यिनीहरु आफैंले थुपारेको फोहोर हामीले हटाउन
खोज्दा आफैं फोहोर थुपार्दै हामीले हटाउन नसकेको आरोप लगाइरहेका छन् ।'
No comments:
Post a Comment