टेकनारायण भट्टराई, पाल्पा, पुस २८ – पाँच दिनअघि आफ्नै घरबाट अपहरणमा
परेका तानसेन प्रवासका २५ वर्षीय युवक सुदीप कोइरालाको शव आज बिहान फेला
परेको छ। सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डको केराबारी भिरमा
प्लास्टिक, तन्ना, बिछ्यौनाले बेरिएर फ्याँकिएको अवस्थामा उनको शव फेला
परेको हो।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको केराबारी भीरमा बिहान ९
बजे उनकव शव भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले
बताए। राजमार्गबाट ४ सयमिटर तल भिरमा फ्याकिँएको अवस्थामा उनको शव फेला
परेको हो। हत्यापछि उनको शरीरलाई प्लास्टिक, बोरा, तन्ना र विस्तारमा
प्याक गरेर फ्याकिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएका केहीलाई नियन्त्रणमा लिएको डिएसपी रेग्मीले बताए।
समातिएकाहरुकै सूचनाका आधारमा प्रहरीले उक्त भिरमा उनलाई खोज्न गएका थिए।
गत सोमबार २३ गते घरबाटै रातिअपहरित भएका थिए। त्यसको तीन दिनपछि
परिवारले उनी हराएको भन्दै उजुरी दिएका थिए।
No comments:
Post a Comment