रियाद । साउदी अरबको जेजान शहरमा यतिखेर मजस्तै एउटी नेपाली चेली गंगा
बरालले आफुलार्इ उद्धार गरिदिन गुहार मागेकी छिन् । एनआरएनए साउदी अरबका
अध्यक्ष धरम केसीसंग भएको उनको फोन वार्तामा उनीले आफ्नो उद्धार गरिदिन
अपिल गरेकी हुन् । पहिलो घरमा साउदीको कुटाई खाएपछि बिरामी भएकी उनी
अहिले दोस्रो साउदीको घरमा छिन, साउदी मालिकले उपचार पनि नगराइदिएको र
स्वदेश फर्किन पनि नदिएको कारण उनले रुदै एनआरएनए साउदीका अध्यक्ष फोनमा
आफ्नो बेदना पोखेकी छिन् ।
कसरी पुगिन गंगा साउदी अरब
नेपालमै आश्यान तामाङ, राजुबि.क. र जिते चौधरीहरूले गंगालाई १५ हजार
साउदी रियालमा बेचेर भारत हुंदै साउदी पठाएका रहेछन् । उनी अहिले साउदी
मालिकले स्वदेश फर्किनका लागि त्यही १५ हजार रियाल फिर्तादिन भनेका छन् ।
गंगालाई शुरूदेखि नै कुनै पनि तलब दिएका पनि छैनन् ।
एनआरएनए साउदीले गरेको पहल
एनआरएनए साउदी अरबले गंगाको यो अवस्थाको जानकारी गराउंदै उनको उद्धार
गरिदिन नेपाली राजदूतावासमा पत्राचार गर्यो । गतः २८ डिसेम्बरमादमाममा
आयोजित एनआरएनएकै एक कार्यक्रममा राजदूत स्वयमले गंगाको प्रसंग निकाल्दै
उनको उद्धार गर्न करीब २ लाख रुपैयाँ जति खर्च हुने भएता पनि दूतावासतयार
रहेको तर उनको घर ठेगाना स्पष्ट -यकिन) हुनुपर्यो भन्नुभएकोमा हाल गंगाले
आंफू जेजानको गुम्फिजा टोलको मूल सडकबाट केही भित्रको २ वटा प्रवेश द्वार
(ठूलो र सानो) भएको ६ नम्बरको ३ तले घरमा आंफू रहेको र घर अगाडी २ वटा
फलामका खम्बा रहेको भन्दै घर ठेगाना पनि दिइसकेकी छिन् । जेजान रियाद
दमामबाटकरीब २ हजार कि.मी.को दूरीमा यमनको सिमानामा अवस्थित साउदी शहर हो
। जेद्धाबाट भने यो ७८ सय कि.मी. मात्र टाढा छ ।
दलालले उद्धारा होइन धम्क्याए
काठमाडौबाट दलाल राजु बि.क.ले गंगाको उद्धारमा सघाउनु त कता कता उल्टो
बिरामी गंगालाई धम्क्याउने र तर्साउने गरेको गंगाले वताएकी छिन् ।
No comments:
Post a Comment