२० असोज, काठमाडौ । युएईमा जारी एसीसी ट्रफीको आफ्नो दोस्रो खेलमा नेपाल
कुवेतसँग पराजित भएको छ । ब्याटिङमा निकै राम्रो प्रदर्शन गरेको नेपालका
बलरहरूले निम्नस्तरको बलिङ गरेपछी खेल जोगाउन सकेन । बलिङमा उत्कृष्ट
मानिएको नेपाली टोलीले आज बलिङकै कारण पराजय भोग्नु पर्यो । यससँगै
नेपालको ९ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
नेपाली बलरलाई कुवेती ब्याट्स्म्यानहरूले निकै चुटेपछी नेपालको केही
लागेन । प्राय सबै स्पिनर खेलाएर नेपालले आफ्नो बलिङ आक्रमणलाई पहिले नै
कमजोर बनाईसकेको थियो । जस्तोसुकै पिच भएपनि कम्तिमा एक जना तिव्र गतिका
बलर राख्नुपर्नेमा त्यसलाई वेवास्ता गर्दै सबै स्पिनरमात्र राखेपछी
नेपाली बलरको तालमेल बिग्रिएको थियो । नेपाली बलरहरूले कुवेतका
ब्याट्स्म्यानसामू घुँडा नै टेक्न बाध्य भए । पहिलो १० ओभरमा नै नेपालले
कुवेतलाई ९२ रन दिएको थियो । यसरी पहिलो १० ओभरमा नै ९२ रन दिएपछी
नेपालको हातबाट खेल फुत्किसकेको थियो । ११ औ ओभरपछी खेलमा केही फर्केपनि
कुवेतका बलरहरुले नेपालको आत्तिएको मानसिकतामा प्रहार गर्न भने छाडेनन् र
खेललाई एकपक्षिय बनाए । नेपालले आजसम्म नहारेको टोलीसँग नमिठो पराजय
भोग्नु पर्यो ।
२ सय ८१ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको कुवेतका ब्याट्म्यानले
विस्फोटक ब्याटिङ गर्दै आफ्नो टोलीलाई जित ४ विकेटको जित दिलाउन सफल भए ।
कुवेतका लागी पहिलो विकेटको लागी ९२ रनको साझैदारी गर्दै क्रममा
प्रारम्भिक ब्याटम्नयानद्धय इरफान भट्टीले ४४ बलमा ४७ रन र अविद
मुस्ताकले ३१ बलमा ५४ रन जोडेकाथिए । यस्तै, अर्का ब्याट्म्यानसिबतैन
राजाले ८४ बलमा ७७ रन र कासिफ सारिफले ५५ बलमा ५९ रन जोडेका थिए । यता
नेपालका लागी पारस खड्का र शक्ति गौचनले समान२-२ विकेट लिए भने प्रदीप
ऐरेले १ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले पारस खड्काको विस्फोटक शतकीय
पारीको मद्धतले ४ विकेट गुमाउँदै निर्धारित ५० ओभरमा २ सय ८० रनको योगफल
तयार गरेको थियो । नेपालका लागी पारसले अविजित रहँदै मात्र ७७ बल खेल्दै
७ चौका र ४ छक्काको मद्धतले १ सय ६ रन जोडेका थिए भने अण्डर-१९ का कप्तान
पृथु बास्कोटाले मात्र १८ बलमा ४ चौका र १ चक्काको मद्धतले अविजित ३७ रन
जोडेका थिए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ५३ रनको पारी खेलका थिए
। साथै प्रारम्भिक ब्याटस्म्यान सुवास खकुरेलले ४५ रन, अनिल मण्डलले १९
रन, प्रदिप ऐरेले ११ रनको पारी खेलेका थिए । यता कुवेतका तर्फबाट साद
खालिद, कसिफ सरिफ, सिब्तैन राजा र हिश्रम मिर्जाले समान १-१ विकेट लिएका
थिए ।
खेलको म्यान अफ द म्याच कुवेतकासिब्तैन राजा घोषित भएका छन् । उनले १
विकेट तथा ७७ रनको पारी खेलेका थिए ।
No comments:
Post a Comment