गोलबजार (सिरहा), कार्तिक २ - लहान नगरपालिकामा ताला लगाएर आन्दोलन
गरिरहेका कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीचबिहीबार झडप भएको छ । झडप
मा १२ जनाभन्दा बढी कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
कांग्रेस लहान नगर कमिटिका अध्यक्ष महेश चौधरीका अनुसार प्रहरीको लाठी
प्रहारबाट गुडियादेवी खातुनलगायत १२ जना घाइते भएका छन् । गम्भीर घाइते
गुडियाको टाउको फुटेको छ । घाइतेहरूलाई उपचारका लागि लहान अस्पताल लगिएको
प्रहरीले जनाएको छ ।
कांग्रेस कार्यकर्ताले नगरपालिकामा जुलुस प्रदर्शन गरेर लहान नगरपालिका
कार्यालयभित्र प्रवेश गर्न खोज्दा झडप भएको हो । झडप का क्रममा प्रहरीले
दुई राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ ।
कांग्रेस कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि
प्रहरीले बाध्य भएर लाठी र अश्रुग्यास प्रहार गरेको वडा प्रहरी कार्यालय
लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बताए । उनले भने, 'कांग्रेस
कार्यकर्ताको ढुङ्गा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् ।'
नगरपालिकाका कार्यकारी अधिकृतरामकुमार महतोबाट भएका भ्रष्टाचारको छानबिन
गर्न समिति गठन र एकीकृत सम्पत्ति कर खारेजको माग गर्दै कांग्रेस नगर
कमिटीले गएको असोज २८ गते आइतबार तालाबन्दी गरेको थियो । तालाबन्दीका
कारण सोही दिनदेखि नगरपालिकाको कामकाज ठप्प छ ।
प्रकाशित मिति: २०६९ कार्तिक २ ०४:३६
source ekantipur.com
No comments:
Post a Comment