Thursday, October 18, 2012

हिमाल सिमेन्ट उद्योग कब्जा

काठमाडौं, कार्तिक २ - मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले बिहीबार
चोभारस्थितहिमाल सिमेन्ट उद्योग कब्जा गरेको छ ।
पार्टीको झण्डा गाडेर माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन
महासंघले उद्योग कब्जा गरेको घोषणा गरेको हो । महासंघका अध्यक्ष रामदीप
आचार्यले उद्योगका सामान कौडीको भाउमा बेच्ने तयारी भएकाले उद्योग कब्जा
गरेको जानकारी दिए ।
'उद्योगका महत्त्वपूर्ण मेसिन कौडीको भाउमा बेच्ने थाहा पायौं,' आचार्यले
भने, 'राज्यको सम्पत्ति सरकारले नै संरक्षण गर्नुपर्छ भनेर दबाबका लागि
कब्जा गरेका हौं ।'
आचार्यले आवश्यक परे उद्योगमा पार्टी युवा दस्ताको क्याम्प खडा गर्ने
चेतावनी दिए । 'आवश्यकपरेर जनस्वयंसेवक ब्यूरोको क्याम्प खडा गर्न
सक्छौं,' उनले भने, 'तर अहिले यस्तो योजनामा छौं ।'
महासंघले उद्योग पुनः सञ्चालन गर्नुपर्ने, मजदुरलाई रोजगारी दिनुपर्ने
माग गरेको छ ।
प्रकाशित मिति: २०६९ कार्तिक २ ०५:१७
source ekantipur.com

No comments:

Post a Comment